stcnepal long ad
global ime bank long

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छ जनाविरुद्ध आरोपपत्र दायर 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पाण्डे सहित छ जना विरुद्ध भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ।

आयोगले कार्यालय प्रमुख पाण्डेसहित तत्कालीन इन्जिनियर सन्तोषकुमार यादव, तत्कालीन सबइन्जिनियर नारायण ओली, रिखेबगर–गैरीकटेरी–बाघमारे दाङ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर खत्री, कोषाध्यक्ष शोभाकुमारी खत्री र सचिव लालबहादुर केसी विरुद्ध ४३ लाख २२ हजार १५५ रुपियाँ ६६ पैसा भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो। आरोपपत्रमा बिगोबमोजिम जरिवाना गरी बिगो समेत जफत गर्न माग गरिएको छ।

सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–१ स्थित रिखेबगर–गैरीकटेरी–बाघमारे मोटरबाटो स्तरोन्नतिका लागि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, दाङ घोराहीबाट रकम विनियोजन भएकोमा प्राविधिक र निर्माण समितिका अध्यक्षसमेतको मिलेमतोमा आफ्नो अनुकूल लगत परिवर्तन (इस्टिमेट चेन्ज) गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

अनुसन्धानको क्रममा तत्कालीन कार्यालय प्रमुख पाण्डे, इन्जिनियर यादव र सबइन्जिनियर ओली समेतले आर्थिक वर्ष २०७४/७५ मा उपभोक्ता समितिसँग भएको सम्झौता विपरीत आफूलाई सजिलो पर्ने गरी निर्माण गरी मूल्याङ्‍कन बिल, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी योजनाको स्वीकृत लागत अनुमान विपरीत उपभोक्ता समितिलाई बढी रकम ४३ लाख २२ हजार १५५ रुपियाँ ६६ पैसा भुक्तानी दिइएको पाइएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।

IME Lifesidebar
kumari