sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

अवैध चाँदी कारोबारी विरुद्ध उच्च अदालतमा मुद्दा दायर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राजस्व अनुसन्धान विभागले अवैध चाँदीको कारोबारीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

जिल्ला बारा, करैयामाई गाउँपालिका वडा नं. ८ स्थायी घर भएका सरोज मिया मंसुर नाम गरेका व्यक्तिलाई अवैध चाँदीको कारोबारबाट राजस्व चुहावट गरेको मुद्दामा विभागले अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिवादी मियाले राजस्व चुहावट ऐन, २०५२ (संशोधनसहित) को दफा २ (छ) १० (ङ) बमोजिम राजस्व चुहावट गरेको भन्दै विभागले ५ लाख ४४ हजार ८७५ रुपैयाँ विगोदावीसहित मुद्दा दायर गरेको छ ।

यहीँ मंसिर १ गते कास्की जिल्ला पोखरा महानगरपालिकाबाट खटिएको टोलीले मियाको साथबाट खरिद बिल नभएको ४१३ तोला ५२ लाल चाँदीका विभिन्न किसिमका गहनासहित ५७ हजार रुपैयाँ नगद फेला परेको थियो ।

prabhu bank
nawakantipur long