citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

यसो गरे मात्रै त्रिविको अनलाइन कक्षामा पढ्न पाइन्छ

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १५ गते सोमबार

काठमाडौं । कोभिड-१९ ले निम्त्याएको स्वास्थ्य संकटसंग जुध्न सरकारले लकडाउनको घोषणा गरेपछि प्रभावित कक्षा निरन्तर गर्न त्रिभुवन विश्वविद्यालयले विद्यार्थी र शिक्षकहरुलाई लक्षित गरी आचार संहिता सहितको निर्देशिका जारी गरेको छ ।

लकडाउनका बेला अनलाइनबाट पढाउने शिक्षक र पढ्ने विद्यार्थीहरुलाई मर्यादित र जिम्मेवार बनाउन त्रिभुवन विश्वविद्यालयले कक्षा सञ्चालनका लागि आचार संहिता सहितको निर्देशिका जारी गरेको हो ।

अनलाइनबाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७ ले कलेज, स्कुल र विभागले तोकेको कक्षामा सम्बन्धीत विद्यार्थीलाई अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ ।

साथै सबै विद्यार्थी र शिक्षकलाई अनिवार्य औपचारिक पोशाकको प्रयोग, शिक्षक तथा विद्यार्थीको हाजिरी र त्यसको प्रमाणिकरण तथा हाजिरीका आधारमा शिक्षकलाई पारिश्रमिक र विद्यार्थीलाई परीक्षामा सहभागी गराउने व्यवस्था गरिने निर्देशिकामा उल्लेख छ ।

विद्युतिय कक्षा शुरुगर्न सबै क्याम्पस, विभाग र स्कुलमा आवश्यक भौतिक तयारी सकी एक हप्ता भित्र सबै विद्यार्थी र शिक्षकहरुको अवस्थाको तथ्याङ्क संकलन गर्न भनिएको विश्ववद्यालयको खुला तथा दूर शिक्षा केन्द्रका निर्देशक गंगाराम गौतमले बताउनु भएको छ ।

अनलाइन कक्षालाई मर्यादित र व्यवस्थित बनाउन आचार संहिताको पालनामा कडाइ गर्ने बताएको निर्देशिकाले पूर्णकालिन शिक्षकलाई अन्य शैक्षिक संस्थाको अनलाइन कक्षामा सहभागी हुन रोक लगाएको छ ।

निर्देशिकाले कुनै पनि शिक्षण तथा शैक्षिक सामाग्री फेसबुक लगायत सामाजिक सञ्जालमा विना स्वीकृति राख्न नपाउने बनाएको छ । विद्यार्थीहरुको पढाइको निरन्तरता र अनलाइन कक्षालाई मर्यादित बनाउन निर्देशिकाले सहयोग पुग्ने विश्वास विश्वविद्यालयले गरेको निर्देशकले  बताउनुभयो ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वविद्यालय अन्तर्गतका ११ वटै विश्वविद्यालय र विद्यालय तहको नियमित पठन–पाठन एक महिना अघिबाट प्रभावित छ ।

केहीले शैक्षिक संस्थाले यसअघिबाटै विभिन्न अनलाइन माध्यम मार्फत कक्षा सञ्चालन गरिरहेको भएपनि विज्ञहरुले सबै विद्यार्थी अनलाइन आउने वातावरण तथा इन्टरनेटको दुरुपयोग हुनसक्ने भन्दै चासो व्यक्त  गर्दै आएका थिए । त्रिवि कार्यकारी परिषद् र प्राज्ञिक परिषद्ले भने अनलाइन कक्षालाई नियमित कक्षा सरह पाठ्यभारमा गणना गर्ने निर्णय गरिसकेको छ ।

 

 

यस्तो छ निर्देशिका:

त्रिभुवन विश्वविद्यालय विद्युतीय माध्यम (Online ) बाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७

१ कक्षा सञ्चालनको पूर्व तयारी :

(१) कक्षा सञ्चालन गर्ने हरेक विभाग, स्कुल, क्याम्पसले गुणस्तरीय इन्टरनेट, ल्यापटप तथा कम्प्युटर÷फोन, बैकल्पिक बिजुली समेतको व्यवस्था गर्ने गराउने ।
(२) अनलाइन कक्षालाई प्रभावकारी बनाउनका लागि सम्बन्धित निकायहरुमा आवश्यकता अनुसार (एक/दुई जना) विज्ञहरुको समुह Support pool of experts बनाउने व्यवस्था गर्ने गराउने ।
(३) एक हप्ता भित्रमा नै विद्यार्थी र शिक्षकहरुको आधारभुत वस्तुपरक अवस्थाको तथ्यांक सम्बन्धित निकायहरुलेलिने । आफ्ना निकायका विद्यार्थीहरुको अवस्था अध्ययन (सर्भे) गरेर कति प्रतिशत सँग इन्टरनेट सेवाको पहुँच छ आदि बारे तथ्यांक तयार गर्ने ।
(४) विभाग, क्याम्पस र स्कुलहरुमा आवश्यक प्राविधिक सहयोग र प्राविधिक र शैक्षिक जनशक्तिलाई तालिमको व्यवस्था गर्ने ।
(५) सम्बन्धित अध्ययन संस्थान/संकाय/विभाग/क्याम्पस/स्कुलहरु मार्फत आफ्ना विद्यार्थीहरुको लागि आवश्यक तालिमको व्यवस्था मिलाउने ।
(६) सम्बन्धित निकायहरुमा निकाय प्रमुखको निर्देशन र नियन्त्रणमा रहने गरी अनलाइन
कक्षा केन्द्र (Online class cell) (भौतिक वा विद्युतिय ( Physical /Virtual cell) रुपमा ) स्थापना गर्ने गराउने ।
२ कक्षा सञ्चालनको चरण ः
(१) विभाग/क्याम्पस/स्कुलहरुले मिति २०७६ चैत्र १० गतेदेखि नै लिएका अनलाइन कक्षाहरु समेतलाई नियमित कक्षा सरह पाठ्यभारमा गणना गर्ने व्यवस्था गर्ने ।
(२) अनलाइन कक्षाको वातावरणलाई प्रभावकारी बनाउन एवं सम्बन्धित शिक्षकहरुलाई सहयोग गर्न आवश्यकताको आधारमा प्रत्येक कक्षामा विद्यार्थीको प्रतिनिधि (Class Representative (CR) रहने व्यवस्था गर्ने ।
(३) अध्ययनरत विद्यार्थीहरुको लागि अनलाइन कक्षा तालिका (class schedule) तथा विद्यार्थी जानकारी सिट (Student Information Sheet)अग्रिम रुपमा तयार गर्ने ।
(४) सम्बन्धित शिक्षकलेअनलाइन कक्षा /सेसनको संचालन (Host) गर्ने ।
(५) शिक्षकहरुले आफूलाई सहज हुने अनलाइन प्लेटफर्म जस्तै ZOOM, Google Class, MS Team इत्यादि प्रयोग गर्न /गराउन सक्नेछन्।
(६) सम्पूर्ण विद्यार्थी र शिक्षकहरुको हाजिरी रेकर्ड सम्बन्धित निकायको अनलाइन कक्षा केन्द्रले राख्नु पर्नेछ ।
(७) शिक्षकले उपलब्ध गराएको विवरणको आधारमा विद्यार्थीहरुको हाजिरी राख्न लगाउने र हाजिरी गणना गर्दा शिक्षकले कक्षा लिएको रेकर्डलाई आधार बनाउनु पर्नेछ । कुनै शिक्षकले लिएको कक्षा प्रविधिका कारणले रेकर्ड गर्न नसकिएको रहेछ भने त्यस्तो कक्षालाई जाँची हेरी प्रमाणित गर्ने जिम्मा सम्वन्धित केन्द्रका प्रमुखको हुनेछ ।
(८) सञ्चालित कक्षाहरुको हाजिरी तोकिएका कर्मचारीले र निकाय प्रमुखले प्रमाणित गरी राख्नु पर्ने छ । यसरी राखिएको हाजिरीका आधारमा पारिश्रमिक उपलब्ध गराईने छ ।
(९) अनलाइनमा काम गर्ने कर्मचारीलाई कार्यालय समयभन्दा बढी काम गराउनु परेमा सो अवधिको अतिरिक्त पारिश्रमिक उपलब्ध गराउन सकिनेछ ।
(१०) प्रत्येक अनलाइन कक्षाहरुको रेकर्ड गर्नुपर्नेछ र सम्बन्धित प्राध्यापकले आफ्नो निकायमा इमेल मार्फत पठाउनु पर्नेछ ।
(११) शिक्षकहरुले विद्यार्थीहरुलाई गृहकार्य (Home Assignment) प्रदान गर्नको लागि विभिन्न विद्युतीय माध्यम जस्तै (Word, Excel Sheet, Google Drive)आदिको प्रयोग गर्न सक्नेछन्।
(१२) कुनै जायज कारणले नियमित कक्षामा उपस्थित हुन नसकेका विद्यार्थीहरुलाई कक्षाको रेकर्ड लगायतका अन्य शैक्षिक सामग्री पछि उपलब्ध गराउन सकिनेछ ।
(१३) कतिपय विद्यार्थी भर्ना भएका तर कक्षा संचालन हुन नसकेका कार्यक्रमहरुको अनलाइनबाट अभिमुखिकरण (Orientation) गरि कक्षा संचालन गर्न सकिनेछ ।
३. आचार संहिता र कारबाही
(१) आचार संहिता त्रि.वि. संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० र त्रि.वि. शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम, २०५० मा तोकिएको आचार संहिताको अतिरिक्त देहायको आचार संहिता सबै शिक्षक, कर्मचारी र विद्यार्थीले पालना गर्नुपर्नेछ ।
(क) सबै शिक्षक, विद्यार्थीहरुले नियमित रुपमा तोकिएको कक्षामा सहभागी भई अध्ययन अध्यापन कार्यमा सहभागी हुनुपर्नेछ । शिक्षकहरुले सुमधुर प्राज्ञिक वातावरणमा अनलाइन कक्षा संचालन गर्नुपर्नेछ ।
(ख) विद्यार्थीहरुले शिक्षकहरुसंग सम्बाद गर्दा आदरार्थी शब्दको प्रयोग गर्नुपर्नेछ । कसैलाई पनि अनादर गर्नु हुदैन ।
(ग) शिक्षकहरुले कक्षा सञ्चालन गर्दा अन्तक्र्रियालाई प्रोत्साहन गर्नुपर्नेछ ।
(घ) अनलाइन कक्षा सम्बन्धित शैक्षिक सामाग्री, भिडियो इत्यादिहरुको प्रतिलिपी (Copy right) अधिकार सम्बन्धित शिक्षक र निकायमा निहित हुनेछ । सबै शिक्षक, कर्मचारी, विद्यार्थीहरुले प्रतिलिपी अधिकारको रक्षा गर्नुपर्नेछ । बौद्धिक चोरी गर्ने कार्य गर्नु हुदैन ।
(ङ) सबै शिक्षक, कर्मचारी, विद्यार्थीहरुले व्यक्तिको गोपिनियताको हकको पालना गर्नुपर्नेछ । कुनैपनि शिक्षण तथा शैक्षिक सामाग्री आदि शिक्षक र विद्यार्थीहरुले फेसबुक लगायत अरु सामाजिक सूचना माध्यममा स्वीकृती विना राख्नु हुदैन ।
(च) कुनै शिक्षक, कर्मचारी, विद्यार्थीहरुले विद्युतीय कानुन उल्लंघन हुने कुनै कार्य गर्नु हुदैन ।
(छ) शिक्षक विद्यार्थीहरुले अनलाइन कक्षाहरु भएको बेला औपचारिक पोशाकको प्रयोग

 

gold
kumari bank