stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एपोनको तर्फबाट कोभिड- १९ बिरुद्ध अग्रपंक्तिमा खटिएका चिकित्सकको लागि पहिचान सहितको ज्याकेट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १५ गते सोमबार

काठमाडौं । नेपाल औषधि उत्पादक संघले जुनसुकै संकटको घडिमा एकआपसको सहकार्य आफैमा महत्वपूर्ण साध्य हो भन्ने शास्वत यथार्थलाइ मनन गर्दै मुलुकमा कोभिड -१९ बिरुद्ध अग्रपंक्तिमा खटिएका चिकित्सकको पहिचान झल्किने गरि तयार पारिएको ज्याकेट उपलव्ध गराएको छ ।

संघले आज राजधानीस्थित चिकित्सक संघको केन्द्रीय कार्यालयमा बरिष्ठ उपाध्यक्ष महेश प्रधान, उपाध्यक्ष सन्तोष बराल ,महासचिव विप्लव अधिकारी सहितको प्रतिनिधी मण्डलले नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीलाइ महासचिव डा.बद्री रिजाल, कोषाध्यक्ष डा.प्रकाश बुढाथोकी लगायतको उपस्थितिमा अनौपचारिक कार्यक्रमका वीच अग्रपंक्तिमा खटिएका देशभरका चिकित्सकको प्रयोजनका लागि ज्याकेट उपलव्ध गराएको संघका महासचिव विप्लव अधिकारीले जानकारी दिनु भएको छ ।

साथै उहाँले पहिलो चरणमा आज १ हजार प्रति ज्याकेट उपलव्ध गराएको जानकारी दिदै अवको केहि दिनमानै थप ज्याकेट उपलब्ध गराइने  जानकारी दिनु भयो ।

त्यस्तै ज्याकेट हस्तान्तरण कार्यक्रममा डा कार्कीले वश्वव्यापी महामारी कोभिड- १९ विरुद्ध अग्रपंक्तिमा खटिएका चिकित्सकको सुरक्षा र पहिचानका लागि औषधि उत्पादक संघको तर्फबाट प्राप्त सहयोग आफैमा महत्वपूर्ण भएको बताउदै प्राप्त ज्याकेट सकेसम्म देशभरका चिकित्सक वृतमा पुरयाउने बताए ।

त्यस्तै उत्पादक संघका महासचिव अधिकारीले आवजको आवश्यकता भनेको सहकार्य सहितको सद्भाव भएको बताउदै कोभिड महामारीविरुद्ध एक आपसमा हातेमालो गरी अघि बढ्नुपर्ने बताए । साथै उहाँले केही साताअघि चिकित्सक माथी पहिचान नभएको कारणले भएको दुव्र्यवहारका घटना अब फेरि दोहोरिन नपाओस भन्दै चिकित्सकहरुको सम्मान र पहिचानका लागि संघले पहलकद्यमी लिएको जनाउ दिनु भएको छ ।

prabhu mahalaxmi
kumari