stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कोरोना भाइरस खोप सबैका लागि उपलब्ध हुनुपर्छ–संयुक्त राष्ट्रसंघ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख १५ गते सोमबार
न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरसको खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘यो कुनै एक देश वा क्षेत्र विशेषका लागि होइन ।
कोरोनाबाट संसारका सबै मानिसले उत्तिकै दुःख पाएकाले यो खोप विश्वका सबै देशका लागि सुलभरुपमा उपलब्ध हुनुपर्दछ ।’
विश्वका केही देशले यो खोप मानिसमा परीक्षण गरेको भन्ने समाचार सार्वजनिक भएपछि महासचिव एन्टोनियो गुटर्रेसको यस्तो भनाई आएको हो ।
कोरोना भाइरस प्रकोप विरुद्ध खोप निर्माणमा प्रतिस्पर्धा भइरहेकोमा केही दिनअघि बेलायत र संयुक्त राज्य अमेरिकाले खोप परीक्षण मान्छेमा सुरु भएको बताएका थिए ।
उनले ट्वीटमा भनेका छन्, ‘अहिले सम्पूर्ण विश्व नै कोभिड १९ महामारीबाट मुक्ति चाहन्छ । मलाई लाग्छ, यो नै संसारको जनस्वास्थ्यको सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।
’ महासचिव गुटर्रेसले विश्वव्यापी चासोको विषय भएकाले यस सम्बन्धी थप तथ्यहरु सार्वजनिक गर्नुपर्ने बताएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीका विरुद्धमा एक भएर लड्न पनि उनले सबैसँग आह्वान गरेका छन् ।  रासस
prabhu mahalaxmi
kumari