citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नारायणी अस्पतालमा रहेका ४ संक्रमित आज डिस्चार्ज हुँदै

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १४ गते आइतबार

वीरगन्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा रहेका ४ कोरोना संक्रमित आज डिस्चार्ज हुने भएका छन् ।

अस्पतालमा उपचाररत ५ मध्ये तीन भारतीय मुस्लिम जमाती र रौतहटका १ युवक गरी ४ जनालाई आइतबार बिहान ११ बजे तिर डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ड डा.मदन उपाध्यायले जानकारी दिए।

उनीहरु चारै जनाको तेश्रो र चौथो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेकाले उनीहरुलाई डिस्चार्ज गर्न लागिएको डा. उपध्यायले बताएका छन् ।

हेटौडा स्थित प्रादेशिक प्रयोगशालाबाट शनिबार बेलुकी अस्पताललाई प्राप्त चौथो रिपोर्ट नेगेटिभ आएको उनले बताए । यसअघि तेश्रो रिपोर्ट पनि नेगेटिभ आएको थियो।

चैत ३० मा वीरगन्ज–२ छपकैया स्थित मस्जिदमा बस्दै आएका २६ भारतीय जमातीमध्ये ३ जनामा कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो।

रौतहटका संक्रमित युवकलाई भने बैशाख १ गते संक्रमणको पुष्टि भएपछि बैशाख २ गते नारायणी अस्पतालमा ल्याइएको थियो। सर्लाही धनकौलका १४ वर्षीय किशोरलाई गत बिहीबार राति मात्रै अस्पताल ल्याइएको थियो। उनको स्वास्थ्य अवस्था सामान्य छ ।

gold
himalayan life insurance long ad
kumari bank