citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

२ बजे मन्त्रिपरिषद् बैठक, लकडाउन बारे निर्णय हुने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख १४ गते आइतबार
कार्यदलको सिफारिसअनुसार एक हप्ता लम्बिनसक्ने

काठमाडौँ । जारी लकडाउन लम्ब्याउने वा खुकुलो बनाउने भन्नेबारे निर्णय गर्न मन्त्रिपरिषद्‍को बैठक दिउसो २ बजे बस्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद्‍ बैठकमा नै लकडाउन बारे छलफल भएको थियो । सरकारले जारी गरेको लकडाउनको अवधि वैशाख १५ (भोली) सकिदैछ ।

एक मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद्‍ले लकडाउन एक हप्ता बढाउने संभावना छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकमा लकडाउनको अवधि बढाउनेबारे छलफल भएको थियो । समिति अन्तर्गत गरेको मुख्यसचिव नेतृत्वको कार्यदलले पनि एक हप्ता लकडाउन थप्न सिफारिस गरिसकेको छ ।

चैत ११ गतेदेखि सरकारले लकडाउन सुरु गरेको हो । आन्तरिक र बाह्य हवाई उडानमा जारी प्रतिबन्धलाई जेठ २ गतेसम्म लम्ब्याइ सकिएको छ ।

संक्रमण देखिएका र नदेखिएका क्षेत्रहरु छुट्याएर उद्योग धन्दा तथा कलकारखाना खोल्नेगरी लकडाउन खुकुलो बनाउने कि भन्ने विकल्पमा पनि छलफल भएको समितिका एक सदस्यले बताए । तर, उदयपुरलगायतका स्थानमा अझै संक्रमण देखिएकाले नेपाल कोभिड संक्रमण प्रसारको खतराबाट मुक्त भइनसकेको निष्कर्ष सरकारको छ ।  आजको कान्तिपुर दैनिकबाट

gold
himalayan life insurance long ad
kumari bank