citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

कोरोना भाइरसबाट २ लाख भन्दा बढीको ज्यान गयो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख १४ गते आइतबार
काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या करिब २ लाख नाघेको छ । आइतबार बिहानसम्म विश्वभर कोरोनाबाट २ लाख ३ हजार २८९ जनाको मृत्यु भएको छ ।
पछिल्लो एकै दिनमा ९० लाख भन्दा धेरै संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या २९ लाख २१ हजार २०१ पुगेको छ । हालसम्म ८ लाख ३६ हजार ९७० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
अमेरिकामा पछिल्लो २४ घन्टामा ३५ हजार नयाँ संक्रमित थपिएका छन् । त्यहाँ संक्रमितको संख्या ९ लाख ६० हजार नाघेको छ । अमेरिकामा मृतक संख्या ५४ हजार २६५ पुगेको छ । अमेरिकामा हालसम्म १ लाख १८ हजार १६२ जना उपचारपछि निको भएका छन् ।
स्पेनमा संक्रमितको संख्या २ लाख २३ हजार भन्दा बढी पुगेको छ । यस्तै, मृतकको संख्या २३ हजार नजिक पुगेको छ । इटालीमा १ लाख ९५ हजार ३५१ संक्रमित भएका छन् भने २६ हजार ३८४ जनाको ज्यान गएको छ । फ्रान्समा १ लाख ६१ हजार भन्दा बढी संक्रमित हुँदा २२ हजार ६४१ को ज्यान गएको छ ।
जर्मनीमा १ लाख ५६ हजार ५१३ संक्रमित हुँदा ५ हजार ८७७ जनाको ज्यान गएको छ । बेलायतमा १ लाख ४८ हजार ३७७ जना संक्रमित हुँदा २० हजार ३१९ जनाको ज्यान गएको छ । चीनमा ८२ हजार ८२७ जना संक्रमित भएका छन् । शनिबार चीनमा ११ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा ४ हजार ६३२ जनाको ज्यान गएको छ ।
टर्कीमा १ लाख ७ हजार ७७३ जना संक्रमित हुँदा २ हजार ७०६ जनाको मृत्यु भएको छ । इरानमा ८९ हजार ३२८ जना संक्रमित हुँदा ५ हजार ५६० जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ४९ जना संक्रमति फेला परेका छन् । १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

gold
kumari bank