stcnepal long ad
global ime bank long

हिम पहिरोमा वेपत्ता भएकाको नेपाली सेनाद्वारा उद्धार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १२ गते शुक्रबार

पोखरा। कास्की जिल्ला अन्नपूर्ण गाँउपालिका वडा नं.१ हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका ३ जना नेपाली गाईड तथा ४ जना कोरियन पर्यटकहरु मध्ये १ जना नेपाली गाईडको शव पहिल्यै फेला परिसकेको र हाल थप १ जना नेपालीको शव देखिएको हुंदा शव निकाल्न तथा अन्य बेपत्ताहरुको खोजी कार्यको लागि श्री पश्चिम पृतना हे.क्वा.को समन्वयमा पोखरा स्थित् श्री सेकेण्ड रेञ्‍जर बटालियनबाट खट्टिएको उद्धार टोलीले सो शवको उद्धार गरि प्रहरीको जिम्मा लगाएको छ ।

खोजी कार्यको लागि आवश्यक ईक्युप्मेण्ट तथा नेपाल प्रहरीका १ जना प्रतिनिधि सहित आज वैशाख १२ गतेको १०.२८ बजे नेपाली सेनाको NA061 हेलिकप्टरद्धारा घटनास्थल तर्फ गएको उद्धार टोलिले उक्त स्थानमा देखिएको धादिङ्ग जिल्ला गंगा जमुना गाउपालिका वडा नं. 1 किचेत बस्ने बर्ष-४५ का मेम बहादुर तामाङ्ग (पोर्टर) को शव र फेला परेका ३ वटा झोलाहरु सो स्थानबाट निकाली प्रहरीको जिम्मा लगाएको । हाल सो शवलाई पोष्टमार्टमको लागि पोखरा स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको ।

साथै खोजीमा खट्टिएको टोलीले उक्त स्थानमा हराईरहेका बांकी १ नेपाली र ४ कोरियालीहरुको खोजि गर्दा हिंउ भित्र पुरिएको सम्भावित स्थानमा अझै बाक्लो हिंउ जमिरहेकोले फेला नपरेको हुंदा ऐ.मितिको १४१५ बजे खोज तथा उद्धारमा खट्टिएको फौज सोहि हेलिकप्टर मार्फत बटालियन हे.क्वा. पोखरामा फिर्ता भएको ।

साथै नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिईरहेको र सो सम्बन्धमा अन्य थप जानकारी तथा विवरणहरु प्राप्त भएपछि यहाँहरुलाई जानकारी गराईने व्यहोरा अनुरोध गरिन्छ ।

 

IME Lifesidebar
kumari