stcnepal long ad
global ime bank long

वरिष्ठ पत्रकार इश्वरी वाग्लेलाई निःशुल्क औषधि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख १२ गते शुक्रबार
काठमाडाैं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रदेश समिति अन्तर्गत रहेका जिल्ला शाखा आवद्ध विभिन्न प्रकृतिका बिरामीका कारण नियमित औषधि सेवन गरिरहेका वरिष्ठ सञ्चारकर्मी लाई उनीहरुको घरैमा लगेर निःशुल्क औषधि उपलब्ध गराउने कार्यलाइ आज पनि निरन्तता दिएको छ ।
विश्वव्यवापी कोभिड– १९ संक्रमणको जोखिम फैलिन नदिन सरकारले जारी गरेको ‘लकडाउन आदेशका कारण औषधि प्राप्तिमा असहज नहोस भन्ने लक्ष्यका महासचिव श्रीजन झाको संयोजकत्वमा फोकल पर्सन समितिका कोषाध्यक्ष टेनिस रोका, समिति सदस्य सागर पन्त रहने गरि बनाईको सहजीकरण समितिले आज नेपाल पत्रकार महासंघ काठमाडौं शाखा पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ सञ्चारकर्मी इश्वरी वाग्लेलाइ यती केमका तर्फबाट प्रात युरिम्याक्स ०ं.४ , फिनक्येर ५ एमजी औषधि उहाँकै धापासी स्थित निवासमा पुगेर स्वास्थ्य लाभको कामना सहित उपलब्ध गराएको हो ।
यसअघि समितिले महासंघ काठमाडौं शाखाका वरिष्ठ सदस्य चक्रपाणि नेपाल र सोहि शाखाका अर्का सदस्य नेत्र बहादुर हमाल र मनोज सार्थकलाई पनि प्राप्त जानकारी अनुरुप औषधि व्यवसायीहरुसंगको सहकार्यमा उहाँहरुले प्रयोग गरिरहेको औषधि उपलब्ध गराउदै स्वास्थ्य लाभको कामना गरिएको महासचिव झाले जानकारी दिएका छन ।
       उक्त औषधि हस्तान्तरणको क्रममा फोकल पर्सन सागर पन्त, महासंघ काठमाडौ शाखाका सदस्य निरज रञ्जित र फोटो पत्रकार अनुप प्रधान लगायतको उपस्थिति रहेको थियो ।
IME Lifesidebar
kumari