अमेरिकी डलरको भाउ कति छ आज ?

आर्थिक सञ्जाल २०७७ वैशाख १२ गते शुक्रबार
काठमाडौँ । शुक्रबार अमेरिकी डलरको भाउ केही सम्हालिएको छ । केन्द्रीय बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ४२ पैसा र बिक्री दर १२२ रुपैयाँ ०२ कायम भएको छ । बिहीबार एक अमेरिकी डलरको खरिद दर १२२ रुपैयाँ ३८ पैसा र बिक्री दर १२२ रुपैयाँ ९८ पैसा थियो । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा लगानीकर्ता अमेरिकी डलर सञ्चय गर्नतर्फ आकर्षित भएका हुन् ।
यस बाहेक अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम र सेयर मूल्य घटेको छ । तर सुन र डलर भने माथि लागेका छन् । कोरोनाको मनोवैज्ञानिक त्रासका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेको अवस्था छ । यस्तो बेला लगानीकर्ता डलरतर्फ आकर्षित भएका हुन् । भारतीय रुपैयाँ कमजोर भएको छ । यसको प्रत्यक्ष प्रभाव स्वरुपः नेपालमा पनि डलरको भाउ चुलिएको हो ।