stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाली औषधि उद्योगले ल्याउन लागेका कच्चा पदार्थ भारतले सीमामा रोक्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १२ गते शुक्रबार

बुटवल । महामारीका बेला सबैभन्दा अत्यावश्यक वस्तु हो, औषधि । तर लकडाउनले यही औषधि उत्पादनको कामसमेत रोकिएको छ । केहीले आंशिक रूपमा उद्योग चलाए पनि अधिकांश उद्योग ठप्प छन् । औषधि बनाउन कच्चा पदार्थ र रसायन चाहिन्छ । युरोप, चीन र छिमेकी देश भारतबाट ल्याउनुपर्छ । भारत हुँदै आउने औषधिका कच्चा पदार्थ र रसायन अहिले अड्किएका छन् । रकम बुझाइसकेका सामान केही ट्रान्सपोर्टमा र केही सीमा क्षेत्रमा रोकिएको उद्योगीले बताए ।

कच्चा पदार्थ र रसायनबिना औषधि उत्पादन गर्न नसकिएको उद्योगीको गुनासो छ । एसियन फर्मास्युटिकल्स प्रालिले झन्डै डेढ महिनाअघि २० करोडको कच्चा पदार्थ ल्याउन रकम बुझाएको थियो । चिनियाँ र भारतीय बजारबाट कच्चा पदार्थ आउँदै थियो । लकडाउन सुरु भयो । अहिले उक्त सामान कहाँ छ भन्नेबारे पनि थाहा नभएको प्रबन्ध निर्देशक हुतानन्द खनालले बताए ।

‘उद्योगमा रहेको स्टक सकिन लागेको छ । रकम तिरेर झिकाएको सामान कहिले र कसरी आउने हो, टुंगो छैन,’ उनले भने, ‘यस्तोमा उद्योग कसरी चलाउने भन्ने समस्या छ ।’ उनको उद्योगमा २ सय २७ मजदुर छन् । यसअघि दुई सिफ्टमा चल्ने उद्योग अहिले एक सिफ्ट चलेको छ ।

मजदुरहरू ५० प्रतिशत कटौती गरिएको छ । आधालाई एक दिन र आधालाई अर्को दिन बोलाइएको छ । ‘बिग्रिहाल्ने खालका काम मात्रै गरेका छौं,’ उनले भने, ‘ठूलो र महत्त्वपूर्ण उत्पादन गरेका छैनौं ।

’ लकडाउनले मुलुकका धेरै उद्योग तथा कलकारखाना ठप्प छन् । अत्यावश्यक वस्तुका रूपमा औषधि उद्योग सञ्चालन गर्न भने सरकारले आग्रह गरेको छ । तर भारतीय बजार र सीमा क्षेत्रका ट्रान्सपोर्टमा अड्किएका कच्चा पदार्थ र रसायन ल्याउन सहजीकरण गरेको छैन । यसले कसरी कच्चा पदार्थ ल्याउने र उद्योग सञ्चालन गर्ने भन्नेमा उद्योगी अन्योलमा छन् ।

औषधि उत्पादक संघका अनुसार नेपालमा उत्पादन हुने औषधिका लागि ८० प्रतिशत कच्चा पदार्थ भारतबाट आउँछ । २० प्रतिशत चीन तथा युरोपबाट आयात हुन्छ । तर सबै आउने बाटो भारतीय बजार हो ।

औषधि अरू खाद्य पदार्थजस्तो एक ठाउँबाट ट्रक भरी ल्याउन मिल्दैन । १०/१५ किलो कच्चा पदार्थ, ५।१० किलो रसायनका दरले धेरै ठाउँबाट ल्याउनुपर्छ । त्यस्तो झन्झट बेहोरेर भारतीय ट्रान्सपोर्टसमेत सामान उपलब्ध गराउन सहमत नभएको रूपन्देहीको सिद्धार्थ फर्मास्युटिकल्स प्रालिका प्रबन्धक गणेश पाठकले बताए । कान्तिपुर दैनिकबाट ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long