citizens life insurance long ad
stcnepal long ad

पेट्रोलियम पाइपलाइनबाट २९ लाख किलोलिटर डिजेल आयात ! पाँच अर्ब ढुवानी खर्च बचत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । तीन वर्षमा पाइपलाइनबाट करिव २९ लाख किलोलिटर डिजेल आयात भएको छ । २०७६ भदौदेखि सुरु भएको पेट्रोलियम पाइपलाइन निर्माण परियोजनाबाट हालसम्म कुल २८ लाख ९२ हजार ४ सय २९ किलोलिटर डिजेल आयात भएको नेपाल आयल निगम मधेस प्रदेश कार्यालय अमलेखगञ्जका प्रदेश प्रमुख प्रदिप यादवले जानकारी दिएका छन ।

नेपालमा भारतीय ओयल कर्पोरेसनको रक्सौल र मोतियारी डिपोबाट ट्यांकरमार्फत पेट्रोलियम पदार्थको ढुवानी हुँदै आएको आयातलाई पाइपलाइनले विस्थापन गर्दा नेपाल आयल निगमलाई हालसम्म करिव ५ अर्ब रुपैयाँ बराबरको ढुवानी खर्च बचत भएको निगमका मधेस प्रदेश प्रमुख यादवले जानकारी दिएका छन ।

पाइपलाइन परियोजना सञ्चालन भएको तीन वर्ष पूरा भएको अवसरमा आयल निगमको प्रादेशिक कार्यालयले गरेको कार्यक्रम सो जानकारी गराइएको हो ।

पेट्रोलियम पाइपलाइन सञ्चालनको तीन वर्षसम्म दुर्घटनारहित ढंगबाट इन्धन आयात गर्न सम्भव भएको भन्दै निगमको मधेश प्रदेश कार्यालयका प्रदेश प्रमुख प्रदीप यादवले इन्धनमा हुँदै आएको चुहावट,ढिलासुस्ती, तापक्रम लस, राजनीतिक दल र ढुवानी व्यवसायी र मजदुरको बन्द हडतालबाट ढुवानीमा हुने असर समेत रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन ।

अहिले पाइपलाइनबाट नियमित रूपमा डिजेल आयात भइरहेको जानकारी दिँदै निगमका मधेस प्रमुख यादवले आगामी २०२४ जनवरीदेखि पेट्रोल र मट्टीतेल समेत पाइपलाइनबाटै आयात गर्ने योजना रहेको बताएका छन ।

निगमले पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म पुर्याउने र सर्लाहीसम्म ग्यास पाइपलाइन समेत विस्तार गर्ने कार्ययोजना अघि बढेको उनले बताएका छन । ग्यास पाइपलाइन सञ्चालनमा आएपछि भारतीय बुलेटले ढुवानी खर्च बापत लैजाने गरेको ६ अर्व रुपैयाँ विदेशिनबाट रोकिने तथा निगमको वार्षिक ४ अर्ब बचत हुने यादवले बताएका छन ।

भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९।२ किलोमिटरमा फैलिएको यो पाइपलाइन दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना हो । यो पाइपाइनबाट वार्षिक २५ लाख किलोलिटर डिजेल आयात गर्ने क्षमता रहेको छ ।

त्यस्तै अमलेखगञ्ज डिपो नेपालकै सबैभन्दा ठूलो इन्धन भण्डार स्थल पनि हो । २०३३ सालमा निर्माण भएको यो डिपो ६७ हजार ७ सय २४ वर्गमिटर क्षेत्रमा फैलिएको छ ।

यहाँ १९ हजार ८ सय ४० किलोलिटर डिजेल, ३ हजार ४ सय ३० किलोलिटर पेट्रोल र ७ सय ६० किलोलिटर मट्टितेल भण्डारणको क्षमता रहेको छ ।

यो डिपोको क्षमताले म देशको २।५ दिनमात्र पेट्रोलियम पदार्थको माग धान्नसक्छ । त्यसैले भण्डारण क्षमता बढाउन जरूरी भैसकेको छ।

कम्तिमा ३ महिनालाई धान्ने गरि पेट्रोलियम पदार्थ धान्ने भण्डारण क्षमता बिस्तार गर्ने योजना निगमले बनाएको भएपनि विभिन्न विवाद, अवरोध,भूकम्प,नाकाबन्दी,अख्तियारको छानबिन,संसदीय छानबिन र बजेट अभाव आदि कारणले टाढा धकेलिदै आएको छ।

 

IME Life
kumari