stcnepal long ad
global ime bank long

प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहसिंह युनाइटेड नेशन चिफ आफ पुलिस समिटमा सहभागी हुन न्यूयोर्क प्रस्थान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा भदौ १५ देखि १७ गते ९३१ अगस्ट देखि २ सेप्टेम्बर, २०२२० सम्म संचालन हुने तेस्रो युनाइटेड नेशन चिफ आफ पुलिस समिट (UNCOPS) मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

प्रहरी महानिरीक्षक सिंहसँग उक्त समिटमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदार प्रसाद सापकोटा समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गर्नुभयो ।

उक्त समिटमा निम्न उल्लेखित विषयहरूमा छलफल हुने कार्यक्रम रहेको छ :

  • Operationalize the United Nations Police Division’s role as a system wide service provider and focal point for United Nations policing and other law enforcement matters.
  • Reinforce ongoing efforts to enhance the performance of United Nations Police by strengthening capacities, including the launch of voluntary compact on Advancing Gender Parity within the United Nations Police.
  • Integrate United Nations Policing Priorities in International Peace and Security processes, discussions and Fora.

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाट गरी साझा सुरक्षाका विषयमा समेत छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

IME Lifesidebar
kumari