stcnepal long ad
global ime bank long

बिना अनुमति विभिन्न ब्राण्डको लोगो राखी चामल विक्री वितरण गर्ने कार्यमा संलग्न पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं, ललितपुर महानगरपालिका–३ सुन्दरिघाटस्थित सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योगको नाममा बिना अनुमति विभिन्न ब्राण्डको लोगो राखी चामल विक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उक्त उद्योगका सञ्चालक मोरङ विराटनगर महानगरपालिका–९ शनिहाट घर भई काठमाडौं महानगरपालिका–१३ छाउनी बस्ने २७ वर्षीय एस अग्रवाल र म्यानेजर ओखलढुंगा सुनकोशी गाउँपालिका–५ पात्ले घर भई काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने बाल कुमार भन्ने २७ वर्षीय लाल बहादुर बस्नेत रहेका छन् ।

भारतका विभिन्न कम्पनीबाट आयातित चामलमा उत्पादन मिति र उत्पादक स्थान लगायतको विवरण नखुलेका लङ्ग ग्रेन र जिरा मसिनो चामललाई विभिन्न ब्राण्डका लोगो राखि खाद्य अनुज्ञापत्र अनुमति नलिई विक्री वितरण गरेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बबरमहल समेतबाट खटिएको संयुक्त टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त उद्योगबाट १ लाख ८० हजार ३० किलोग्राम चामल तथा प्याकेजिङका लागि राखिएका विभिन्न ब्राण्डका खाली ब्याग, प्याकेजिङ मेसिन एवं विग्रिएको अवस्थामा रहेको ४७ हजार ४ सय ६० किलोग्राम चामल फेला पारी उक्त उद्योगलाई सिलबन्दी गरिएको छ ।

उनीहरूलाई खाद्य ऐन २०२३ बमोजिम थप अनुसन्धानको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बबरमहलमा पठाईएको छ ।

IME Lifesidebar
kumari