citizens life insurance long ad
stcnepal long ad

तातोपानी नाकाबाट आयात वृद्धि, आइतबार चार कन्टेनर स्वास्थ्य सामग्री भित्रिए

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ८, २०७७ सोमबार

मेलम्ची । स्थानीय तह र स्थानीयवासी बीच स्वास्थ्य तथा खाद्यन्न सामग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामग्री आयतमा वृद्धि भएको छ ।

गत साताबाट पुनः सञ्चालमा आएको सो नाकाबाट आइतबार सबैभन्दा धेरै चार कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य सामग्री बोकेका चार वटा कन्टेनर नेपाल भित्रिएको जनाउँदै दुवै देशका नागरिकले मितेरी पुल पार गर्दा स्वास्थ्य सहयोगी देखाउनुपर्ने र दुवैतिर हेल्थ डेस्क स्थापना गरिएको बताए ।

अहिले नाकाबाट निर्वादरुपमा सामन आयत भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

IME Life
kumari