stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कर्मचारीले चैत महिनाको पूरै तलब पाउने, बैशाखको आधा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ८, २०७७ सोमबार

काठमाडौं । निजी क्षेत्रका कम्पनी, उद्योग तथा प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरुले चैत महिनाको पूरै तलब पाउने भएका छन् । तर, वैशाखको तलब भने आधा मात्रै पाउने गरि सहमति भएको छ । लकडाउन लम्बिदै गएमा बैशाख महिनाको आधा मात्रै तलब पाउने गरि सहमति गरिएको हो ।

आइतबार उद्योग मन्त्रालय, व्यवसायीका छाता संगठन र मजदुर युनियनबीच भएको छलफलमा सरकारको निर्णय अनुसार संगठित क्षेत्रमा कार्यरत मजदुरलाई चैतको तलब दिने लिखित र वैशाखबाट नयाँ खालको निर्णय गर्ने मौखिक सहमति भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, साना तथा घरेलु उद्योग महासंघ, होटल एसोसियसन नेपाललगायतको सहमतिमा रोजगारदाता परिषद् दिएको सुझावमा वैशाखबाट सरकारलाई पारिश्रमिक भुक्तानीको सम्बन्धमा भने कामदारको कुल तलबको आधा मात्रै दिने, पूरै तलब दिनेभए त्यसमा श्रमिक, उद्योगी र सरकारले बराबरी ३३.३३ प्रतिशत योगदान गर्ने वा प्रतिष्ठान स्तरमा मजदुर र मालिकबीच सहमति गरेर अघि बढ्ने विकल्प दिइएका छन् ।

prabhu mahalaxmi
kumari