stcnepal long ad
ime life insurance
global ime bank long

माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आइपीओ आजबाट बिक्री खुला

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आज वैशाख १७ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरेको हो।

कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर बिक्री गर्ने अनुमति पाएको छ। त्यसमध्ये ८ करोड ६० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरिएको छ।

स्थानीयलाई छुट्याइएको शेयरमध्ये ३ लाख ४४ हजार कित्ता शेयरमा आयोजनाबाट अतिप्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं १ र २ का स्थानीयलाई र बाँकी ५ लाख १६ हजार कित्ता प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिकाका १ र २ बाहेक अन्य वडाका स्थानीयका लागि बिक्री खुला गरिएको छ।

यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ७२ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी गरिएको छ।

यो आइपीओमा दुवै समूहले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावितका स्थानीयका लागि यो आइपीओको निष्कासन बन्द छिटोमा वैशाख ३१ गते र ढिलोमा जेठ १८ गते बैंकिङ समयपछि हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आइपीओ निष्कासन बन्द छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गते बैंकिङ समयपछि हुनेछ।

स्थानीयले माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी शाखाबाट र धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट र सीडीएससीको ‘मेरो शेयर’ आवेदन दिन सक्नेछन्। माउन्ट एभरेष्ट पावरको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ।

prabhu mahalaxmi
kumari