stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पोखरामा सनी सेक्यूरिटिजद्वारा आयोजित शेयर तालिम सफलताका साथ सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सनी सेक्यूरिटिजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साइन्टिफिक विजनेश हवद्वारा सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्यमा २०७९  आषाण ३२ गते शनिवार बिहान ७ बजे देखि ११ बजेसम्म इन्फोम्याक्स कलेज अफ इन्फर्मेशन टेक्नोलोजी एण्ड म्यानेजमेण्ट, पोखरामा आधारभूत शेयर तालिम सफलताका साथ सञ्चालन गरेको छ । उक्त कार्यक्रममा ५१ जनाको सहभागिता रहेको थियो।

तालिम कार्यक्रममा विशेष गरी शेयर बजारेको परिचय, डिम्याट खाता खोल्ने र मेरो शेयर (https://meroshare.cdsc.com.np) बाट प्राथमिक बजारमा आइपिओ मार्फत लगानी गर्ने, कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, असल कम्पनी छान्ने तरिका, शेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरणका उपायहरू तथा नेपालमा अन्लाईन शेयर कारोबारको महत्त्व र यसबारे विशेष जानकारी समेटिएकोले विद्यार्थीहरु लगायत नयाँ लगानीकर्ता तथा शेयर बजारमा भविष्य खोज्नेहरूका लागि तालिम धरै प्रभावकारी भएको कुरा तालिका सहभागीहरूले व्यक्त गर्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन् ।

साथै साइन्टिफिक विजनेश हव प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तथा तालिमका मुख्य प्रशिक्षक उत्सव ढकालले, आर्थिक र वित्तीय क्षेत्र सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकाश गर्ने पुनीत मनसायले सो तालिम कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्था सनी सेक्यूरिटिजप्रति आभार व्यक्त गर्नुभयो ।

शेयर बजारको पर्याप्त आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठुलो जोखिमका बिच दोस्रो बजारमा कारोबार गर्नुपरेको अहिलेको अवस्थामा शेयर बजारको आधारभूत ज्ञान सहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने कुरा मनन गरी सनी सेक्यूरिटिजको पहलमा शेयर बजार सम्बन्धी जागरूक र जनचेतना मूलक तालिमहरू देश व्यापी रूपमा सञ्चालन गरिरहेको कुरा साइन्टिफिक विजनेश हव अन्तर्गत सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरले जनाएको छ।

उक्त कार्यक्रमका विशेषताहरू शेयर बजार र परिचय, डिम्याट खाता र मेरो शेयरको बारेमा जानाकरी, प्राथमिक बजार र आईपीओ, दोश्रो बजार, शेयर बजारमा कसरी प्रवेश गर्ने ?, दोश्रो बजार र शेयर मूल्य निर्धारण, परिसुचक र सर्कीट ब्रेक, लाभांश र हकप्रद शेयर, बुक क्लोज र मूल्य समायोज, आधारभूत अनुपात जस्तैः प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात, किताबी मूल्य, ग्राम नम्बर आदी, शेयर बजारलाई प्रभाव पार्ने तत्त्वहरू के के हुन्? , वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, कम्पनी छान्ने तरिका र शेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरण, नेपालमा अन्लाईन शेयर कारोबारको महत्त्व र यस क्षेत्रबारे विशेष जानकारी रहेको जनाइएको छ ।

prabhu mahalaxmi
kumari