अमेरिकामा २० हजार बढीको मृत्यु सवा पॉच लाख संक्रमित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र ३०, आइतबार २०७६
गणेश थापा–
क्यालिफोर्निया,११ अप्रिल विश्वको सुपरपावर अमेरिका आजबाट संसारलाई पछि पार्दै अघि लागेको छ । स्थानीय समय अनुसार शनिबार दिउँसो १ बजे (नेपाली समय शनिबार रातीको २ बजे) सम्मको प्राप्त रेकर्ड अनुसार कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा २० हजार २ सय २६ जनाको मृत्यु भएको छ ।
करिव सॉढे १९ हजार मानिसको ज्यान गइसकेको इटालीलाई उछिन्दै अमेरिका अघिबढेको हो। अहिलेसम्म ५ लाख २६ हजार मानिस (विश्वमै संक्रमित कूल संख्याको सवै भन्दा बढी करीव ३० प्रतिशत मानिस) संक्रमित भएका छन् । हिजो मात्रै २४ घण्टाको अवधिमा कोभिड-१९ को संक्रमणका कारण २१०० बढी व्यक्तिले ज्यान गुमाएका थिए भने करिव ३६ हजार नयॉ संक्रमित बिरामी थपिएका थिए ।
यो समाचार तयार गर्दैगर्दा वितेको १२ घण्टामा अमेरिकाभरी १४ सय बढीको मृत्यु भएको छ । सान फ्रान्सिस्को क्रोनिकल मिडियाका अनुसार न्यूयोर्कमा सवैभन्दा बढी ८६७२ जनाको मृत्यु भएको छ । यता क्यालिफोर्नियामा पनि मृतको संख्या ५९५ पुगेको छ भने २१ हजार बढीमा संक्रमण देखिएको छ ।
४ दिनयता कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा दिनहुँजसो २ हजारको हाराहारीमा मानिसहरूले ज्यान गुमाइरहेका छन् ।
अमेरिकामा कोरोना भाइरसको संक्रमण असामान्य बन्दै गएको छ। कोरोना संक्रमितको उपचारमा संलग्न एकजना विशेषज्ञ चिकित्सक डा. डेबोरा बक्रसले अमेरिका चरम संकटमा पुग्न बॉकी नै रहेको बताएका छन् ।
यस बीचमा ६ जना नेपालीको पनि कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ भने कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या सयौं हुन सक्ने यहाँका सामाजिक संघ संस्थाहरूले जनाएका छन् ।
अमेरिकाका ५० वटै राज्यमा फैलिएको कोरोनाबाट करीव २ करोड जनसंख्या रहेको न्युयोर्कमा मात्रै १ लाख ८१ हज़ार मानिस संक्रमित भएका छन् । सो ठॉउमा नेपालीहरूको बाक्लो बसोबास रहेको हुँदा त्यहॉ सवैभन्दा बढी नेपाली प्रभावित भएका छन् । यता ह्वाइटहाउसमा बोल्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्-
‘कोरोना संक्रमणबाट अमेरिकामा मृतकको संख्या सुरूमा अनुमान गरेको १ लाख भन्दा कम हुनेछ ।’ अमेरिकाले ६ महिनासम्म कोरोना भाइरस पूर्ण रूपमा नियन्त्रणमा नआउने अनुमान गरेको छ ।
यस महामारीका कारण यहॉ सन २००८ भन्दा पनि ठूलो आर्थिक मन्दी हुनसक्ने औंलाइएको छ। केही सरकारी कार्यालय, स्कूल, कलेज, प्राइभेट कम्पनी, व्यापार व्यवसाय ठप्प भएको छ ।
IME Lifesidebar
kumari