stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

पर्यटन क्षेत्रका समस्या समाधान गर्न मन्त्रीलाई आग्रह

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र ३०, आइतबार २०७६
 
काठमाडौं  । संस्कृती, पर्यटन तथा उड्डययन मन्त्री योगेश भट्टराईले विश्वयापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसको कारण पर्यटन क्षेत्रमा पुग्न गएका असर र सुझावहरु बुझ्न चैत २९ गते पर्यटन क्षेत्रसंग आवद्ध संघसंस्थाका अध्यक्षहरुसंग स्काईप मार्फत कुराकानी भएको छ ।
टानका अध्यक्ष खुम बहादुर सुवेदीले कोरोना भाइरसले सबै भन्दा बढी असर पर्यटन क्षेत्रमा पुर्‍याएको हुँदा सन् २०२० मा पर्यटनसंग सम्बन्धित व्यवसायहरु सरल रुपमा सञ्चालन हुन कठीन हुने कुराको ध्यानकर्षण गराउदै बैंक व्याजलाई न्यूनिकरण गरि व्याज २ प्रतिशतमा हुने गरि पुर्नकर्जाको व्यवस्था मिलाउन र उक्त ऋण २ वर्ष भित्र तिर्नुपर्ने व्यवस्था मिलाइदिन माग गरेका छन् ।
साथै सरकारले कृषि क्षेत्रमा ५ प्रतिशत व्याजमा ऋण लगानी सहुलियको व्यवस्था गरेको जस्तै पर्यटन क्षेत्रमा पनि सहुलियको व्यवस्था गरिदिनुहुन अनुरोध गरेका छन् ।
त्यसैगरि अहिलेको समयलाई सदुपयोग गरी पदयात्रा तथा पर्वतारोहणका मजदुर तथा सहयोगीहरुलाई रोजगारी सिर्जना गर्न ट्रेकिंग ट्रेल ममर्त तथा साइनेज व्यवस्थापन र विभिन्न हिमालहरुको सरफाई गर्न सकिने सुझाव दिएका छन् । टानका अध्यक्ष सुवेदीले नेपाल पर्यटन बोर्डमा रहेको टिम्स अन्तर्गतको संयुक्त कोष र मजदुर कल्याणकारी कोषको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
यसै सन्दर्भमा पर्यटन बोर्डको नेतृत्वमा पर्यटन क्षेत्रका सम्पूर्ण मजदुरहरुका हितको लागि राहत कोषको पनि व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।
पर्यटन क्षेत्रसंग आवद्ध विभिन्न संघसंस्थाका अध्यक्षहरुले पनि पर्यटन क्षेत्रमा पुग्न गएका समस्या तथा सुझाबहरुमा मन्त्रीको ध्यानकर्षण गराए ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी, हानका अध्यक्ष सृजना राणा, एन.एम.ए का अध्यक्ष सन्तबिर लामा, नाट्टाका अध्यक्ष अचुत गुरागांइ र पाटा नेपालमा अध्यक्ष विभुती चंद ठाकुरको उपस्थिती रहेको थियो ।
 

kumari bank
kumari
nawakantipur long