पासाङ तेम्बा उपचार पछि फर्किए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र ३०,  आइतबार २०७६
काठमाडौं । लकडाउनको छैठौं दिन बौद्ध स्थित एक घरको चौथौ तलाबाट शारीरिक अशक्त सामाजिक भाब भएका पासाङ तेम्बा लामालाई हर्टयाट्याक भएपछि उहाँलाई बिएण्डबि अस्पतालमा भर्ना गरिएको थियो ।
जे होस तेतिबेला समयमा अस्पताल पुर्याउन सकिएकाले उहाँको ज्यान बचेको छ। आर्थिक अभावमा रहेका उहाँको उपचारका क्रममा आज सम्म झन्झै एक लाख पैतिस हजार खर्च भएछ ।
अस्पतालको बिल थाहा पाए बिरामीलाई फेरि हर्ट्को समस्या बल्झेला भन्ने पिर । आज एकाएक सानो आग्रहमा अस्पताल मै आएर मनका धनबिर नानू लामा(देशमाया) तीस हजार ,छिरिङ डोल्मा साठी हजार र प्रेम लामाले पाँच हजार रूपैयाँ दिनु भएपछि रकमको अभावमा मानसिक तनावमा रहेका पासाङले अस्पतालबाट अब भने छुटकारा पाउने भएका छ्न ।
बैक बन्द यातायात बन्द घरमै बस्नुपर्ने बाध्यात्मक परिस्थिति छिचोल्दै लकडाउनको यस्तो संवेदनशील अबस्थामा अस्पतालमै आएर एक अशक्तलाई सहयोग गरेको यो दृश्यले समाजमा यस्ता मुटु भएका दानबीर पनि छन र पो सामान्य आर्थिक अबस्थामा बाचेकाहरुले पनि समस्या आइपरेको बेलामा ज्यान जोगाउन सकेका छ्न भन्ने कुरालाई पुष्टि गराएको छ।
मान्छेसग मान्छे डराउनु पर्ने बेला अस्पताल मै आएर मनै देखि सेवाभाव दर्शाउनु हुने मनकारीहरुलाई नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य गोविन्द प्रसाद चौलागाईले हृदयदेखि नै सलाम व्यक्त गर्नुभएको छ ।
IME Lifesidebar
kumari