stcnepal long ad
ime life insurance
national life
global ime bank long

सञ्चारकर्मीलाई मास्क, पन्जा र स्यानिटाइजर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार

दमौली – तनहुँको व्यास नगरपालिकाले सदरमुकाम दमौलीमा रहेर पत्रकारिता गर्ने सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

कोभिड–१९ को जोखिम हुन नदिन सचेतना जगाउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने भएकाले नगरपालिकाले सञ्चारकर्मीलाई मास्क, पन्जा र स्यानिटाइजर वितरण गरेको हो ।

उक्त सामग्री आज व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्यलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा नगरप्रमुख न्यौपानेले कोभिड–१९ को जोखिम कम गर्न व्यास नगरपालिकाको अभियानमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहँदै आएको जानकारी दिनुभयो ।

“समाचार सङ्कलनका क्रममा सञ्चारकर्मी पनि जोखिममा रहेकाले पत्रकारको जीवन रक्षा गर्ने दायित्व स्थानीय सरकारको पनि हो”, उहाँ भन्नुभयो, “त्यसैलाई मनन गर्दै नगरपालिकाको तर्फबाट केही सहयोग गरेका हौँ ।”

महासङ्घ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यले सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री प्रदान गरेकामा नगरपालिकाप्रति आभार व्यक्त गर्नुभयो । नगरपालिकाले ३० थान एन ९५ मास्क, ३० थान स्यानिटाइजर र १५० थान पञ्जा सहयोग गरेको छ । रासस

IME Lifesidebar
kumari