वीर अस्पताल र टेकुस्थित सरुवा रोग अस्पतालमा पनि कोरोना परीक्षण सुरु हुने

आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार
काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा थप दुई ठाउँमा कोरोना भाइरसको परीक्षण सुरु गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार नियमित पत्रकार भेटघाटमा मुलुककै जेठो वीर अस्पताल र टेकुस्थित सरुवा रोग अस्पतालमा पनि कोरोनाको परीक्षण सुरु गर्ने निर्णय भएको सुनाए ।
यस अघि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै यसको परीक्षण हुने गरेको थियो । देवकोटाले हालसम्म देशभरी कोरोनाको चार हजार ४२६ नमुना परीक्षण भएको बताउँदै शनिबारसम्म मुलुक भर ८२ जना आइसोलेसनमा र आठ हजार ८२ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए ।