prabhu bank
shangrila development bank Long Ad
himalayan Everest Insurance long ad
century bank long ads

नव नियुक्त मन्त्रीहरुको शपथ सोमबार गराउने तयारी

civilbank long ad
citizens life insurance long ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको शपथ भोलि सोमबार हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार भोलि बिहान ११ बजेका लागि शपथको तयारी भएको छ

आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका छन् ।

 

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीहरुको शपथ सोमबार गराउने तयारी भइरहेको छ । एकीकृत समाजवादीका मन्त्रीहरुले आजै पदबाट राजीनामा दिएका थिए ।

एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

 

१२ असार २०७९, आइतवार २०:२४ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads