एकतर्फी नारायणगढ–मुग्लिन सडक खुल्यो
काठमाडौँ । वर्षासँगै पहिरो खसेको नारायणगढ–मुग्लिन सडक एकतर्फीरुपमा खुलेकोे छ । बिहान चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् । वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन शुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए ।