citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

काठमाडौंमा घर जान नपाएर रोकिएकाहरुलाई भोलि र पर्सि जान दिने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार

काठमाडौं । काठमाडौं उपत्यकाबाट सरकारले भोली र पर्सिबाट घर फर्कन दिने निर्णय गरेको छ । उप प्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले भोली र पर्सी लकडाउन खोलेर उपत्यकामा रहेका नागरिकहरुलाई घर जान दिने निर्णय गरेको हो ।

काठमाडौंमा काम नभएपछि सैयौं नागरिक हिडेरै घर जान थालेपछि सरकारले भोली र पर्सी घर जान दिने निर्णय गरेको हो ।गत ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका छन् । लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङका अनुसार लामो दुरीको रुटमा सरक्षाकर्मीले स्कटिङ गरेर लैजाने छ भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृह मन्त्रालयले योजना बनाउँदैछ ।

gold
himalayan life insurance long ad
kumari bank