stcnepal long ad
global ime bank long

कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवालको मानार्थ अवैतनिक महावाणिज्यदूत पद खारेज

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार

काठमाडौँ । सरकारले नेपालका लागि किर्गिस्तान गणतन्त्रका मानार्थ अवैतनिक महावाणिज्यदूत सुलभ अग्रवालको पद खारेज गर्ने निर्णय गरेको छ । कूटनीतिक सुविधा र विशेषाधिकार प्रयोग गर्दै कालोबजारी गरेको आरोपमा ज्वरो नाप्ने थर्मल गनसहित उनलाई मङ्गलवार पक्राउ गरिएको थियो ।

त्यसपछि बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालमा रहेका सबै मानार्थ अवैतनिक वाणिज्यदूतहरूलाई उपलब्ध गराइएका केही विशेष सुविधा खोसिएको जनाएको थियो ।

खोसिएको सुविधामा मानार्थ अवैतनिक महावाणिज्यदूतहरूलाई दिइएको नीलो नम्बर प्लेट र सवारी साधनमा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने विगतको निर्णय अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको परराष्ट्र मन्त्रालयले बताएको थियो ।

परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल शाखाले अग्रवालको पद खारेज गरिएको जानकारी किर्गिस्तान सरकारलाई गरिएको जनाएको छ । चिफ अफ प्रोटोकल गेहेन्द्र राजभण्डारीले अग्रवालको पद खारेज गरिएको र यस बारेको जानकारी सम्बन्धित मुलुकलाई कूटनीतिक माध्यमबाट गराइएको जानकारी दिए ।
यसअघि आफ्नो पदीय हैसियत र विशेषाधिकारको दुरुपयोग गर्दै अग्रवाल गैरकानुनी गतिविधिमा संल्गन भएको परराष्ट्र मन्त्रालयले बताएको थियो ।

मङ्गलवार दिउँसो राजधानीको नक्सालस्थित बालमन्दिरबाट पक्राउ परेका ४५ वर्षका अग्रवाल हाल प्रहरी हिरासतमा छन् । कोभिड–१९ को विश्वव्यापी सङ्कटको अवस्थामा ज्वरो जाँच्न प्रयोग गरिने अन्दाजी ३५ सय रुपैयाँ पर्ने थर्मल गनको मूल्य बढाएर १५ हजार रुपैयाँ प्रति गोटा बेचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

शङ्कर ग्रुपका सञ्चालक रहेका अग्रवाललाई उनले प्रयोग गर्ने २०९(एचसीसी नम्बरको कूटनीतिक नियोगको नम्बर प्लेट राखिएको पजेरो गाडी र त्यसको डिकीमा राखिएको ६७ थान थर्मल गनसहित पक्राउ गरिएको प्रहरीले बताएको थियो । (-बीबीसी नेपालीबाट)

IME Lifesidebar
kumari