citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

भाटभटेनी सुपरमार्केटद्वारा रु २५ लाख सहयोग

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार

कास्की । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस , (कोभिड—१९)को रोकथाम, व्यवस्थापन तथा उपचार कोषमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्सले रु २५ लाख सहयोग गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पोखरा–९ न्यूरोडमा अवस्थित सो सुपरमार्केटको यहाँस्थित शाखा प्रवन्धक चक्र लालचनले बुधबार सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

मुख्यमन्त्री गुरुङले विपद्को सामना गर्नका लागि सरकारले खडा गरेको कोषमा रकम जम्मा गरेकामा सो स्टोर्स परिवारप्रति आभार व्यक्त गर्दै अन्य इच्छुक व्यक्ति तथा संस्थालाई समेत रकम जम्मा गरेर सहयोगका लागि आग्रह गरे । भाटभटेनीले देशका अन्य प्रदेश सरकारलाई समेत सहयोग गर्ने भएको छ ।

सरकारले  सो भाइरसको जोखिम न्यूनीकरण , उपचार तथा राहत वितरणका लागि यही चैत १२ गते सो कोष स्थापना गरेसँगै सार्वजनिक तथा निजी सङ्घसंस्था र व्यक्तिबाट रकम जम्मा हुने क्रम जारी रहेको छ । पोखरा महानगरपालिका तथा रुपा गाउँपालिकाले समेत कोरोना रोकथामलाई लक्ष्य गरी कोष खडा गरेका छन् ।

gold
kumari bank