stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

जोन्टा क्लब अफले दैनिक ज्याला मजदुरहरुलाई कोभिड १९ संकटको सामना गर्न मद्दत गर्दै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २६, २०७६ बुधबार

जोन्टा क्लब अफ काठमाडौंले दैनिक ज्याला मजदुरहरुलाई खाद्यान्न प्याकेजहरु वितरण गरेर कोभिड—१९ संकटको सामना गर्न मद्दत गरिरहेको छ । उक्त प्याकेजमा चामल, दाल गेडागुडी, खाने तेल, चिउरा, नुन, चिनी र चियापत्ती रहेको छ ।
हालसम्म जोन्टाले बिजयश्वरी, बुढानिलकण्ठ, ढल्को, जागृतिनगर, जोरपाटी, लिलि, महाँन्काल, नागरजुन, शंखमुल, सिनामङ्गल, थली, थापाथली, टोखा नगरपालिका र टेकु (बागमती क्षेत्र) का दैनिक ज्याला मजदुरहरुलाई १००० खाद्यान्न प्याकेजहरु वितरण गरिसकेको छ । हामीले विकल्प, नेपाल महिला समाज, फुड फर लाइफ, आईसीडीओ, स्काई फाउन्डेशन र प्रन्डस् संगठनहरुसँग साझेदारी गरेका छौं । यस्तो चुनौतिपूर्ण समयमा उनीहरुले आवश्यक पर्मिट लिएर जोन्टासँग कोभिड १९ संकटका कारण काम गर्न नसकेका दैनिक ज्याला मजदुरहरु प्याकेजहरु वितरण गर्न सहयोग गरेका छन् ।
जोन्टाले सम्पूर्ण जोन्टा परिवार र साथीहरु, मिडटाउनको रोटरी क्लब, सार्क च्यामबर वमन आन्ट्रप्रनिर काउन्शिल, साङग्रीला टोस्मास्टर्स, डा.सञ्जिव दास, संस्कृति स्कुलका शिक्षकहरु, डीएस स्टोर र हेलेना क्याफेलाई हामीलाई २४०० भन्दा बढि परिवारहरुसँग पुग्न सहयोग गरेर उनीहरुको हेरचाह गर्न मद्दत गरेकोमा हामी हार्दिक आभार प्रकट गर्दछौं ।

शुरुवातमा हामीले ३०० परिवारमा पुग्ने लक्ष्य राखेका थियौं र हामीले प्राप्त गरेको अविश्वासनिय प्रतिकृया र समर्थनका साथ हाम्रो पहुँच ८ गुणा बढेको छ । जोन्टाले आगामी दिनहरुमा पनि खाद्यान्न प्याकेजहरु वितरण गर्न जारी राख्नेछ ।
सन् १९१९ मा स्थापना भएको जोन्टा इन्टरनेशनल व्यावसायिकहरुको एक अग्रणी ग्लोबल संस्था हो जुन सेवा र वकालतको माध्यमबाट विश्वव्यापी महिला सशक्तिकरणमा लागि परेको छ ।

जोन्टा इन्टरनेशनलको छाता अन्तर्गत जोन्टा क्लब अफ काठमाडौं सन् २०१२ मा स्थापना भएको थियो । यो काठमाडौंमा कानुनी रुपमा दर्ता गरिएको गैर–नाफा मुलक संस्था हो जसले महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, स्थानीय तथा राष्ट्रिय स्तरका युवा र महिला हिंसा तथा बाल विवाहसँग सम्बन्धित मुद्दाहरु सुधार गर्ने उद्देश्यका साथ महिलाहरुको स्तर उन्नतिका लागि काम गरिरहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari