citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

उद्योग वाणिज्य महासङ्घको सहयोग

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २६, २०७६ बुधबार

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घले आफ्ना देशैभरका जिल्ला नगर उद्योग वाणिज्य सङ्घमार्फत स्थानीय स्तरमा गरिने सहयोगका लागि प्रत्येकलाई पाँच÷पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

महासङ्घका अध्यक्ष भवानी राणाको अध्यक्षतामा हिजो बसेको पदाधिकारी बैठकले देशभर रहेका एक सयभन्दा बढी जिल्ला नगर उद्योग वाणिज्य सङ्घलाई प्रत्येकलाई पाँच÷पाँच हजारका दरले सो रकम उपलब्ध गराउने निर्णय भएको उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

देशका जिल्ला तथा नगर सङ्घमार्फत स्थानीय स्तरमा खाद्यान्न, मास्कलगायतको सहयोग उपलब्ध गराउन थोरै भए पनि सहयोग पुगोस् भनेर रकम पठाउने निर्णय गरिएको ढकालले बताए ।

यसैगरी महासङ्घले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा रु पाँच लाख सहयोग गरेको छ । नेपाल सरकारद्वारा स्थापित सो कोषमा उक्त रकमको चेक हस्तान्तरण गरेको महासङ्घले जनाएको छ ।

महासङ्घले उक्त रकमका अतिरिक्त केही खाद्यान्नलगायतका सामग्रीहरु पनि सहयोग गरेको थियो ।

gold
himalayan life insurance long ad
kumari bank