आइतबार साताको पहिलो दिन सुनको प्रतितोला ९८ हजार रुपैयाँ कायम
काठमाडौं । आइतबार साताको पहिलो दिन सुन–चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ कायम छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यता, आइतबार चाँदीको भाउ पनि स्थिर रहेको छ ।
आइतबार चाँदीको भाउ प्रतितोला १२ सय ८० रुपैयाँ कायम छ ।























