citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नवनियुक्त गभर्नरको शपथ आज ११:३० बजे

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २५, २०७६ मंगलबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई आज मंगलबार शपथ ग्रहण गराइने कार्यक्रम रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज ११.३० बजे नयाँ गभर्नरलाई शपथ खुवाउने कार्यक्रम रहेको बताइएको छ ।

एक विशेष कार्यक्रमकाबीच अधिकारीलाई शपथ ग्रहण गराउने कार्यक्रम राखिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद बैठकले अधिकारीलाई हिजो सोमबार राष्ट्र बैंकको १७ औं गभर्नरमा नियुक्त गरेको हो । अब उनले ५ वर्षसम्म राष्ट्र बैंकलाई हाक्ने छन् ।

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसको कारण अर्थतन्त्रमा परेको समस्या समाधान गर्ने मेरो पहिलो प्राथमिकता हुने बताएका छन् ।

‘पदमा बहाली पछि मेरो पहिलो प्राथमिकता कोरोनाको कारण समस्यामा परेको अर्थतन्त्र उकास्नको लागि ल्याउने प्याकेजमा आफू केन्द्रीत हुनेछ,’ उनले भने ‘ राष्ट्र बैंकले कोरोना भाइरसको कारण अर्थतन्त्रमा परेको असरको बारेमा राहतको प्याकेज ल्याएपनि त्यो अल्पकालीन राहत हो ।’ सबै क्षेत्रलाई समेटेर बृहत्त राहत प्याकेज ल्याउनु पर्ने अवस्था छ ।

 

gold
himalayan life insurance long ad
kumari bank