stcnepal long ad
global ime bank long

नेपाल प्रहरीमा अब १३ डिआईजी पद रहने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २५, २०७६ मंगलबार

काठमाडौं । नेपाल प्रहरीमा  ८ प्राविधिक सहित ३४ डीआईजीको दरबन्दी रहेकोमा मन्त्रीपरिदको सोमबारको निर्णयसँगै  प्राविधिक बाहेकका २६ दरबन्दी मध्ये आधा कटौतीमा परेका छन् ।  मन्त्रिपरिषद्को सोमबारको बैठकले जनपदतर्फ डीआईजी दरबन्दी संख्या १३ मा झारेको हो।

अब प्रदेश प्रहरी कार्यालयमा  ७, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी), विशेष ब्यूरो, लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी महानिरीक्षकको सचिवालयमा एक एक गरि १३ डीआईजीको दरबन्दी  हुने छ ।

अब नेपाल प्रहरीमा ९ जना मात्र डीआईजीको बढुवा हुनेछ। गृह मन्त्रालयले ७ प्रदेशमा ७ जना डीआईजीको दरबन्दी भने तोकिसकेको छ। डीआईजीका १३ दरबन्दी कटौतीसँगै बाँकी रहेका ९ वटा कोटामा हाल ३४ जना प्रतिस्पर्धी छन् ।

IME Lifesidebar
kumari