citizens life insurance long ad
stcnepal long ad

पेट्रोल, ग्याससहित पेट्रोलयिम पदार्थको बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ। आइतबार राती १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) लिटरमा १० रुपैयाँ र ग्यासमा प्रति सिलिन्डिर दुई सय रुपैयाँ बढाएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधति तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो। यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रुपैयाँ बढाएको थियो।

 

नयाँ मूल्यसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १८० रुपैयाँ, डजिेल र मट्टितेल १६३ रुपैयाँ लिटर पर्नेछ। त्यस्तै एलपी ग्यासको मूल्य १८०० रुपैयाँ पर्नेछ।

IME Life
kumari