citizens life insurance long ad
stcnepal long ad

नागढुङ्गा–नौबिसे सडक खण्ड पहिरो हटाए पछि दुईतर्फी नै सञ्चालन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं को मुख्य नाका नागढुङ्गामा गाडी चापमा चलिरहेका छन् । बिहानै परेको वर्षाका कारण लेदो माटो सहित पिप्लामोडमा पहिरो खसेपछि गाडीको चाप बढेको हो ।

अहिले पहिरो पन्छाएर दुईतर्फी नै सडक खुलाएको प्रहरीले जनाएको छ । तर, गाडीको सङ्ख्या धेरै रहेकाले चाप भने परेको छ ।

 

मुख्य नाका भएकाले यो सडक खण्ड भएर दिनहुँ हजारौँ गाडी चल्छन् । यसले गर्दा सामान्य समस्या पर्दा पनि यो सडक खण्डमा घण्टौँ जाममा बस्नु पर्ने बाध्यता छ ।

IME Life
kumari