citizens life insurance long ad
stcnepal long ad

चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम अनुमोदन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । संसदीय सुनुवाई समितिले चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्रिपरिषदले सिफारिस गरेका चीनका लागि प्रस्तावित राजदुत श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुत तामाङको नाम अनुमोदन गरेको हो ।

प्रस्तावित दुवै राजदूतको उजुरी नपरेको र उपयुक्त लागेकाले समितिले सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिको बैठकमा डेनमार्कका लागि प्रस्तावित राजदूत रामसुरज राय यादवमाथि परेको उजुरीका सम्बन्धमा छानवीन गर्न समितिका सदस्य जितेन्द्र देव संयोजक तथा निरुदेवी पाल र शिवकुमार मण्डल सदस्य रहेका कार्यदल गठन गरिएको छ ।

कार्यदलले २ दिनभित्र सो सम्बन्धमा छानवीन गरी प्रतिवेदन पेश गर्ने र त्यसैको आधारमा प्रस्तावित राजदुत रायको पनि सुनुवाई गर्ने समितिका सभापति कर्णले बताए ।

समितिले श्रीलंकाका लागि प्रस्तावित राजदुत बासुदेव मिश्रको पनि उजुरी परेकाले आज सुनुवाई गर्न नसकिएको स्पष्ट पारेको छ । समितिको अर्को बैठक भोलि बुधबार बिहान साँढे ८ बजे बोलाइएको छ ।

IME Life
kumari