stcnepal long ad
global ime bank long

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अपिल (विज्ञप्ती सहित)

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र २४, २०७६ सोमबार
काठमाडौं ।  नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले आज एक अपिल जारी गर्दै जनताको सूचना र समाचारको अधिकारलाइ अक्षुण्ण राख्दै आफ्नो कर्म क्षेत्रमा निरन्तर क्रियाशील पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री सहित तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसंग माग गरेको छ ।
महासंघ उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाले जारी गर्नु भएको उक्त अपिलमा मुलुक लकडाउनको अवस्थामा रहेको संकट एवम् जोखिमपूर्ण स्थितिमा क्रियाशील सञ्चारकर्मी र सञ्चारमाध्यमको लागि विद्युत, टेलिफोन, इन्टरनेटसहितका सञ्चार सामग्रीमा छुट र अनुदानको व्यवस्था,लकडाउन अवधिमा प्रकाशन आवद्ध पत्रकारले नै सञ्चालन गरेका स्वरोजगारमुखी पत्रपत्रिकाको हकमा लोककल्याणकारी विज्ञापन, भुक्तानी पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको हो ।
त्यस्तै सो अपिलमा उपत्यका प्रदेश समिति कोभिड–१९ को जोखिम कारण उत्पन्न परिस्थितिमा पनि जनताको सूचना र समाचारको अधिकारलाइ अक्षुण्ण राख्दै आफ्नो कर्म क्षेत्रमा निरन्तर क्रियाशील प्रदेश समिति आवद्ध र सवै सञ्चारकर्मीमा हार्दिक कृतज्ञता व्यक्त गर्दै “आफु बाँचौँ र अरूलाई पनि बचाऊ” भन्ने मन्त्रलाई आत्मसात् गर्दै मुलकमा देखिएको संक्रमणको चुनौती पूर्ण अवस्थामा पनि आत्मविश्वास र मनोबल सहित आफ्नो कर्म क्षेत्रमा निरन्तर क्रियाशील हुुदै जनताको सूचना र समाचार प्राप्तिको हकलाइ जिवन्त राख्न पत्रकारिता जगतले दृढ इच्छाशक्ति कायम राख्दै पेशागत आचारसंहिता पालना गरी खेलेको भूमिका आफैमा स्वागतयोग्य रहेको उल्लेख गरिएको छ ।
साथै प्रदेश समितिआवद्ध एवम् सम्पूर्ण सञ्चारकर्मी साथीहरुलाई आफू सुरक्षित रही कोरोनाको संक्रमण नियन्त्रणमा सघाउ पु¥याउने गरी सचेतनामूलक सामग्री प्रवाह गर्ने आफ्नो दायित्वपूरा गर्दै सजग रहन समेत आव्हान समेत गरेको छ ।

 

Image may contain: text
IME Lifesidebar
kumari