citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

लम्बिएला त लक डाउन ?

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र २४, २०७६ सोमबार
काठमाडौं ।  मन्त्रिपरिषद् बैठक सोमबार दिउँसो बस्दैछ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले दोस्रो पटक थप गरेको लक डाउनको समय अब मंगलबार सकिँदैछ ।
लक डाउन लम्ब्याउने या नलम्ब्याउने निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो  मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । लक डाउन लम्ब्याउने तयारी भइरहेको बताइए पनि औपचारिक पुष्टि हुन भने सकेको छैन ।
आइतबार बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको बैठकमा पनि लक डाउन लम्ब्याउने सम्बन्धमा छलफल भएको थियो । नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमण देखिएपछि सरकारले ११ चैतबाट १८ गते बिहान ६ बजेसम्मका लागि लक डाउन गरेको थियो । त्यसपछि फेरि बढाएर यसलाई ८ चैत २५ गते राति १२ बजेसम्म पुर्याइएको हो ।
यो अवधि अब मंगलबार राति सकिंदैछ । अब यसलाई लम्ब्याउने वा अन्त्य गर्ने भन्ने निर्णय बैठकले गर्ने अपेक्षा गरिएको छ ।
यस बीचमा कैलालीको धनगढी–५ मा विदेशबाट आएका एक संक्रमितको परिवारका सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ भने भारतबाट आएका २ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विदेशबाट आएकाबाट आफन्तमा सरेकाले कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको चिकित्सकहरुले बताएका छन् ।
अहिलेसम्म देशभर ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसमध्ये १ जना निको भइसकेका छन् । सुदूरपश्चिममा भारतबाट आएकाहरुमा समेत संक्रमण देखिएपछि अरुमा पनि सर्ने सम्भावनालाई ख्याल गर्दै सरकारले र्यापिड टेष्ट गर्ने घोषणा समेत गरिसकेको छ ।

gold
himalayan life insurance long ad
kumari bank