citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

विदेशबाट आएका ३५३ सम्पर्कमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २३, २०७६ आइतबार

काभ्रेपलाञ्चोक ।  काभ्रेपलाञ्चोकका ३५३ विदेशबाट हाल घर फर्किएको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकका स्थानीय तहले विदेशबाट आएका सबैलाई सम्पर्कमा ल्याएको हो । तेह्र स्थानीय तहबाट गत फागुन १६ गतेयता वैदेशिक रोजगारीबाट घर फर्किएकाको विवरण प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी पनौती नगरपालिकामा १०१ विदेशबाट फर्किएका छन् ।

जिल्ला प्रशासन कार्यालयले १३ स्थानीय तहलाई आफ्ना क्षेत्रमा विदेशबाट घर फर्केकाको विवरण सङ्कलन गर्न पत्राचार गरेको थियो । बनेपा नपामा ४०, पाँचखाल नपामा ३६, मण्डनदेउपुर नपामा ३७, नमोबुद्ध नपामा १५, धुलिखेल नपामा २० तथा रोशी गाउँपालिकामा १७, तेमालमा १९, भुम्लुमा १८, बेथानचोकमा १६, खानीखोलामा ११, चौँरीदेउरालीमा आठ र महाभारत गाउँपालिकामा १५ जना सम्पर्कमा आएका छन् ।

मण्डनदेउपुर नपामा विदेशबाट फर्किएका आठलाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको धुलिखेल अस्पतालमार्फत निगरानीमा राखिएको डा झाले बताए । पाँचखाल नपामा दुई र बनेपा नपाको एकलाई धुलिखेलस्थित क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट फर्किएका अन्यलाई ‘होम क्वारन्टाइन’ मै बस्न भनिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

व्यवस्थित क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेकालाई स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीले निगरानी गरिरहेको डा झाले बताए । “उनीहरुको स्वास्थ्यमा समस्या भए स्वास्थ्यकर्मीलाई भन्न वा अस्पताल जान सुझाव दिइएको छ”, उनले भने ।

विदेशबाट फर्किएकाको थप जानकारी आए स्थानीय तहमार्फत सम्पर्कमा ल्याइने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, “विदेशबाट फर्किएर सम्पर्कमा आएकाको हालसम्मको प्रारम्भिक स्वास्थ्य परीक्षणमा कुनै पनि लक्षण देखिएको छैन ।” काभ्रेपलाञ्चोकमा २७ देशबाट घर फर्किएको पाइएको हो ।

भारतपछि दुबईबाट फर्कनेको सङ्ख्या अधिक रहेको तथ्याङ्कमा उल्लेख छ । रासस

gold
kumari bank