कोरोना रोकथाम कोषमा नेपाल धितोपत्र बोर्डद्वारा ३ करोड जम्मा

आर्थिक सञ्जाल चैत्र २३, २०७६ आइतबार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ जम्मा गरेको छ । यस अघि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको बोर्डले २ करोड ५० लाख रुपैयाँ थप गर्दै ३ करोड रुपैयाँ जम्मा गरेको जानकारी दिएको छ ।
सरकारले लकडाउन सुरु गरेको दिन चैत ११ गते ५० लाख रुपैयाँ सहयोग गर्ने व्यवस्था गरेको जानकारी दिर्दै बोर्डले पूँजीबजार सम्बद्ध अन्य निकायहरुलाई पनि सहयोग गर्न अनुरोध गरेको थियो ।