बढ्यो डलरको भाउ

आर्थिक सञ्जाल चैत्र २३, २०७६ आइतबार
काठमाडौं । डलरको भाउ आइतबार फेरि बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५८ पैसा र बिक्री दर १२२ रुपैयाँ १८पैसा निर्धारण गरेको छ । शुक्रबार एक अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ ६० पैसा र बिक्री दर १२१ रुपैयाँ २० पैसा थियो । उच्च विन्दुमा पुगेपछि डलरको भाउ तलमाथि हुने क्रम जारी छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा डलरको भाउ थप चुलिएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निकै तल्लो विन्दुमा झरेको छ ।
विश्वका प्रमुख देशहरुको सेयर बजारमा पनि ह्रास आएको छ । तर सुन र डलर भने माथि लागेका छन् ।
भारतीय रुपैयाँ कमजोर हुँदा नेपालमा पनि डलरको भाउ महँगो भएको हो । भारुसँग स्थिर विनियम दर भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर नै हुने गर्छ ।
