विविधता नै नेपाली समाजको पहिचान
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सबैलाई समान अवसर प्रदान गरेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद (इद उल फित्र) का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विविधता नै नेपाली समाजको पहिचान र सामथ्र्य रहिआएको बताउनुभयो ।
उहाँले अनेकौँ जातजाति, भाषा, धर्म र संस्कृतिलाई आत्मसात् गरी राष्ट्रिय एकता प्रवद्र्धन गर्नु सबैको साझा कर्तव्य रहेको सन्देशमा बताउनुभएको छ । इद पर्वले विविधतायुक्त नेपाली समाजमा विद्यमान सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पु(याएको शुभकामना सन्देशमा उल्लेख छ ।
राष्ट्रपति भण्डारीले इस्लाम समुदायमा रहेको दान गर्ने परम्पराका साथै इदका अवसरमा मान्यजनबाट आशीर्वाद लिने एवं आपसमा खुसी आदानप्रदान गर्ने प्रचलनले मानवीय पक्षलाई प्रतिविम्बित गर्ने चर्चा गर्नुभएको छ । इद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने उहाँले उल्लेख गर्नुभएको छ ।
























