citizens life insurance long ad
stcnepal long ad

राखेप पूर्वसदस्य सचिव सिलवालको रिटको सुनुवाइ हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले बर्खास्त गरेपछि पुनर्बहालीको माग गर्दै दायर राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य सचिव रमेशकुमार सिलवालको रिटमा आज मंगलबार सुनुवाइ हुँदैछ ।

रिटको पेसी न्यायाधीशद्वय टंकबहादुर मोक्तान र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा तोकिएको छ । सरकारले गरेको बर्खास्तीलाई गैरकानुनी भन्दै पुनर्बहालीको मागसहित गत २८ कात्तिकमा रिट दायर गरेका हुन् ।

भोलिपल्टै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले विपक्षीको नाममा कारण देखाउसँगै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

IME Life
kumari