stcnepal long ad
global ime bank long

अन्ततः लक डाउनभर नखुल्ने भयो सेयर बजार, नेप्सेले निकाल्यो विज्ञप्ति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १८, २०७६ मंगलबार

काठमाडौं । सरकारले घोषणा गरेको लक डाउन अवधिभर सेयर कारोबार बन्द हुने भएको छ । सरकारले घोषणा गरेको लाक डाउनको समयमा लगानीकर्ताको स्वस्थ्यलाई समेत ध्यानमा राखेर कारोबार नखोल्ने निर्णय गरिएको नेप्सेले जनाएको छ । सरकारको लक डाउनको निर्णय अनुसार अब चैत २५ गतेसम्म सेयर बजार बन्द हुनेछ ।
नेप्सेले गत सोमबारदेखि लागू हुने गरेर ५ कार्य दिनका लागि सेयर कारोबार बन्द गरेको थियो । ‘कोरोनाका कारण असहज स्थिति उत्पन्न भइरहेकाले बजार बन्दको यही निर्णयलाई अब चैत २५ गतेसम्म निरन्तरता दिइएको छ,’ नेप्सेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को दफा २१ मा प्राकृति प्रकोप, राष्ट्रिय संकट वा काबु बाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजार (नेप्से) ले धितोपत्र बोर्डलाई जानकारी दिई कारोबार प्रणाालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्ने व्यवस्था गरेको छ ।
उक्त विनियमावलीमा प्रकृतिक प्रकोप राष्ट्रिय संकट वा काबु बाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिइ कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थालाई आधार मानेर लक डाउन अवधिभर कारोबार नखोल्न लागिएको नेप्सेको भनाई छ ।
IME Lifesidebar
kumari