stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दीगो विकासको नारा सहित ‘द अम्याजिङ मोटर र्याली’

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र पर्यटन क्षेत्रमा पुनर्जागरण ल्याउने लक्ष्यसहित नवौं काठमाडौं–गोरखा–पोखरा गरी ३ शहरलाई जोड्ने गरी ‘द अम्याजिङ मोटर र्याली’ शुरु भएको छ ।
रोटरी क्लब अफ बागमती काठमाडौं र केजिएच ग्रुपको आयोजनामा आज चैत्र ११ र १२ गते र्याली हुने भएको छ ।

कार्यक्रम संयोजक दिवाकर राजकर्णिकारले ‘नेपालको पर्यटन प्रवद्र्धनमा आन्तरिक पर्यटनको महत्वपूर्ण योगदान रहेको जनाउदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न तथा गोरखा र पोखरामा पर्यटकीय गतिविधि बढाउन र्यालीले योगदान पु¥याउने आशा व्यक्त गर्नुभयो । उक्त ¥यालीमा मिस नेपाल नम्रता श्रेष्ठबाट यात्राको शुभारम्भ गरेको थियो ।

राजकर्णिकार अनुसार पहिलो दिन आज र्यालीमा सहभागीहरु गोरखा पुगेर बस्नेछन् भने दोस्रो दिन टोलीलाई पोखराको वाटर फ्रन्ट रिसोर्टमा स्वागत गर्ने कार्यक्रम रहेको छ । र्यालीमा ४४ गाडीसहित १ सय पचास जना सहभागी रहेको छ ।

ट्राफिक नियमहरुको पूर्ण पालना गरी निश्चित बाटो र ठाउँ अनुसार निर्धारित गतिमा मात्र कार चलाउन पाइने व्यवस्था गरिएको छ । टिडिएस (टाइम, डिस्टेन्स र स्पिड) का आधारमा मोटर र्याली तय गरी विभिन्न सचेतनामूलक टाक्सहरु गर्दै गन्तव्यमा पुग्ने छन् ।

 

prabhu mahalaxmi
kumari