stcnepal long ad
ime life insurance
national life
global ime bank long

महिला तथा दलितका लागि निःशुल्क लोक सेवा तयारी कक्षा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

गलकोट । बागलुङ नगरपालिकाले दलित र महिलाका लागि निःशुल्क लोक सेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । लोक सेवामा महिला तथा दलितको समान सहभागिता गराउनका लागि नगरपालिकाले यहाँका ५२ महिला तथा दलितलाई तीन महिने लोक सेवामा तयारी कक्षा सञ्चालन गरेको हो ।

नगरपालिकाले लक्षित वर्गलाई लोक सेवामा सम्भावना देखाउनका लागि यो आर्थिक वर्षमा विनियोजन गरेको रु चार लाख २० हजारबाट लोक सेवाको तयारी कक्षा सञ्चालन गर्न थालिएको छ । नगरपालिकाको सहयोगमा लक्षित वर्ग मध्येका महिला र दलितलाई लोक सेवाको ट्युसन पढाउन थालिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

‘सामाजिक उत्तरदायित्व बहन गर्नका लागि लोक सेवा तयारी कक्षा सुरु गरेको छ, यसका लागि लाग्ने खर्चको व्यवस्थापन नगरपालिकाले गर्नेछ’, उनले भने, ‘नगरपालिकाले तयारी कक्षा सञ्चालन खर्च दलितका लागि ८० प्रतिशत र महिलाका लागि ५० प्रतिशत खर्च नगरपालिकाले व्यहोर्ने छ ।’

अहिले ५२ महिला तथा दलितहरुका लागि लोकसेवा तयारी कक्षा स्थानीय संयोजनकर्ता हेमन्त मल्टी एजुकेशनल ट्युसन सेन्टरमा सञ्चालन गरिएको छ । अहिले २२ महिला र ३० दलितका लागि लोक सेवा तयारी कक्षा दिन थालिएको हो ।

महिला तथा दलितमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दारका रुपमा उनीहरुलाई स्थापित गराउन लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको नगरप्रमुख पौडेलको भनाइ छ ।

समाज परिवर्तनका लागि महिला तथा दलितको भूमिका महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले उनीहरुले जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताए ।

अन्य व्यक्तिहरु आएर हाम्रो समाज परिवर्तन गर्ने नभई यहाँका महिला तथा दलित वर्गले आफ्नो दायित्वबोध गरेर अगाडि बढे मात्रै मुलुक समृद्ध हुने उनको भनाइ छ ।

लोक सेवा आयोगमा यहाँका महिला तथा दलितको पहुँच र सहभागिता अझै पनि उल्लेख्य रुपमा हुन नसकेको बताउँदै गाउँघरमै लोक सेवा तयारी कक्षा सञ्चालन हुने भएपछि यहाँका दलित तथा महिला खुसी भएको नगर शिक्षा प्रमुख धनप्रसाद पोखरेलले जानकारी दिए । रासस

IME Lifesidebar
kumari