सिसि क्यामेरा नै चोरी

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोबार
काठमाण्डौ । देशव्यापी कोरोना भाइरसको संनतास फैलिरहेको बेलामा चोरीका घटना बढेका छन ।
त्यसैले अब जनस्तरमै सतर्कता र सुरक्षा बढाउन जरुरी देखिएको छ ।
“लकडाउन” मा घरभित्रै बस्दा टाेखाकाे सपनतीर्थ मन्दिरको सत्तलमा ताला फोरेर चोरी भएकाे पुजारी हेराकाजी डङ्गाेलले जानकारी गराएका छन्।
चाेरहरूले त्यहाँबाट सीसी क्यामेराकाे मनिटर र डिभाइस लगेकाे बताइएकाे छ। यसै क्रममा टाेखाकै भूतखेलस्थित इन्द्रायणी मन्दिरबाट पनि चाेरी भएकाे स्थानीयले बताएका छन् ।