stcnepal long ad
ime life insurance
national life
global ime bank long

साल्ट ट्रेडिङ कर्पोरेशनले उपभोक्ताहरूलाई घर दैलोमै उपभोग्य बस्तु पुर्‍याइँदैछ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार

काठमाडौं । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनको अवस्थामा घर बाहिर निस्कन नपाएका काठमाडौं उपत्यकाका उपभोक्ताहरूलाई साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले घर दैलोमै सेवा उपलब्ध गराउन थालेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले धेरै प्रकारका उपभोग्य बस्तु उपभोक्ताहरूको घर दैलोमै पुर्याउन सकेको छैन। तर कर्पोरेशनले थालेको सुरूआतलाई धेरैले सराहनीय भनेका छन्।

साल्ट ट्रेडिङ कर्पोरेशनले अहिले घर दैलोमै पुगेर तेल,पिठो,चामल, नुन र चिनी लगायतका अन्य उपभोग्य बस्तु विक्री गरिरहेको छ। जुन सेवामुलक त छँदैछ साथसाथै स्वास्थ्यका दृष्टिले सुरक्षित पनि छ।

कोभिड १९ बाट जोगिन पालना गर्नुपर्ने सुरक्षाका उपायहरू अपनाउँदै सामान उपलब्ध गराउन उपभोग्य बस्तुहरु उपभोक्ताको घर दैलोसम्म पुर्याइँदैछ।

“सर्वसाधारणले अति आवश्यक,पिठो,दाल,चामल, नुन र चिनी लगायत अन्य उपभोग्य बस्तु पनि नपाएको भन्ने गुनासो आएपछि हामीले गाडीमा सामान लिएर घर दैलोसम्मै सेवा दिन थालेका हौं।

आफूलाई आवश्यक पर्ने उपभोग्य बस्तु मात्रामा सामानहरू उपभोक्ताले खरिद गर्न सक्नुहुन्छ”, साल्ट ट्रेडिङ कर्पोरेशनका सिइओ उर्मिला श्रेष्ठले आर्थिक सञ्जालसंग भनिन्।

पिठो,दाल,चामल,नुन र चिनी समेत नभएर अप्ठेरोमा परेका उपभोक्ताहरूलाई साल्ट ट्रेडिङ कर्पोरेशनको यो पहलबाट केही हदसम्म भएपनि राहत मिल्ने भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले अहिले एक परिवारलाई बढीमा ३ प्याकेट नुन र ६ किलोसम्म चिनी विक्री गर्दै आएको छ । चिनीको मूल्य प्रतिकिलोको ७३ रुपैयाँ रहेको छ भने नुनको प्रतिप्याकेट २० रूपैयाँ रहेको छ।

साल्ट ट्रेडिङले जडिबुटी, सतुङगल र कालिमाटीमा आउटलेट संचालन गरी खाद्यान्न विक्री गर्दै आएको पनि जनाएको छ।

 

IME Lifesidebar
kumari