कोरोनाले अर्थतन्त्रमा ठुलो असर पार्छ

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोबार
प्रवलजंग पाण्डे–
काठमाडौँ । कोरोना भाइरसको चेन बेरेक गरिरहदा संसारले अर्थतन्त्रको चक्र नै बेरेक गरी सक्यो ।
बिश्वको बलियो अर्थतन्त्र भएका राष्ट्रले घोषणा गरेको आर्थिक प्याकेजले पनि हाल सम्मको क्षति को केही प्रतिशत मात्र सम्बोधन गर्ला ।
जर्मन अर्थमन्त्रीले भबिष्य निकै भयावह देखेरै आत्महत्या सम्मको बाटो रोज़े , जुन सहि बाटो पक्कै हैन । नेपालको अर्थतन्त्र भनेको दैनिक ज्यालादारी मजदुरको जस्तो हो , जो बिहान कमायो बेलुका खाने । संघीयताले गर्दा हाम्रो साधारण खर्च अति नै धेरै छ ।
सोही खर्च धान्न बिगत केही बर्ष देखि तिनै तहको सरकारको करको बोझ जनताले बोकिरहेकै छन । यसै सन्दर्भमा नेपालले पनि केही आर्थिक प्याकेज घोषणा गरेको मा ..,, बिदेशी मदिरा रोक्ने कि सासदं कोष खारेज गर्ने ?
घर बहाल छुट घर धनीले दिने की सम्वन्धित नगरपालिकाले दिने ? इन्टरनेटको छुट इन्टरनेट सेवा प्रदायक संस्थाले दिनेकी सरकारले ग्रामीण दुरसचार कोषबाट दिने ? हालसम्म दैनिक ज्यालादारी र ऋृण लिएर व्यवसाय गरेको बर्ग सबै भन्दा बढी मारमा परेको छन ।
तर बिस्तारै बिदेशबाट बेरोज़गार भएर फर्कने र स्वदेश मै अप्रत्यासित रुपमा बढ़ने वेरोजगार बर्ग पनि एउटा ठुलो समस्याको रुपमा देखिन्छ । अब आउने समस्या र सरकारको आर्थिक प्याकेजमा सामन्जयसता भईरहेको देखिदैन ।।