stcnepal long ad
ime life insurance
national life
global ime bank long

कोरोनाले अर्थतन्त्रमा ठुलो असर पार्छ 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोबार

प्रवलजंग पाण्डे–

काठमाडौँ । कोरोना भाइरसको चेन बेरेक गरिरहदा संसारले अर्थतन्त्रको चक्र नै बेरेक गरी सक्यो ।

बिश्वको बलियो अर्थतन्त्र भएका राष्ट्रले घोषणा गरेको आर्थिक प्याकेजले पनि हाल सम्मको क्षति को केही प्रतिशत मात्र सम्बोधन गर्ला ।

जर्मन अर्थमन्त्रीले भबिष्य निकै भयावह देखेरै आत्महत्या सम्मको बाटो रोज़े , जुन सहि बाटो पक्कै हैन । नेपालको अर्थतन्त्र भनेको दैनिक ज्यालादारी मजदुरको जस्तो हो , जो बिहान कमायो बेलुका खाने । संघीयताले गर्दा हाम्रो साधारण खर्च अति नै धेरै छ ।

सोही खर्च धान्न बिगत केही बर्ष देखि तिनै तहको सरकारको करको बोझ जनताले बोकिरहेकै छन । यसै सन्दर्भमा नेपालले पनि केही आर्थिक प्याकेज घोषणा गरेको मा ..,, बिदेशी मदिरा रोक्ने कि सासदं कोष खारेज गर्ने ?

घर बहाल छुट घर धनीले दिने की सम्वन्धित नगरपालिकाले दिने ?  इन्टरनेटको छुट इन्टरनेट सेवा प्रदायक संस्थाले दिनेकी सरकारले ग्रामीण दुरसचार कोषबाट दिने ? हालसम्म दैनिक ज्यालादारी र ऋृण लिएर व्यवसाय गरेको बर्ग सबै भन्दा बढी मारमा परेको छन ।

तर बिस्तारै बिदेशबाट बेरोज़गार भएर फर्कने र स्वदेश मै अप्रत्यासित रुपमा बढ़ने वेरोजगार बर्ग पनि एउटा ठुलो समस्याको रुपमा देखिन्छ । अब आउने समस्या र सरकारको आर्थिक प्याकेजमा सामन्जयसता भईरहेको देखिदैन ।।

IME Lifesidebar
kumari